‘मधेस आन्दोलनको नेतृत्व गर्ने जिम्मा मलाई दिनुस्, केही दिनमै टीकापुर घटना दोहोर्याइदिन्छु’

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा परिचित अमरेशकुमार सिंहले लैनचौर भारतीय दूतावास पुगेर आफूलाई मधेस आन्दोलनको जिम्मा दिन अनुरोध गरेको खुल्न आएको छ । राजपाले मधेसमा आन्दोलनमार्फत ‘आवश्यक अस्थिरता निम्त्याउन नसकेको भन्दै सिंहले मधेस आन्दोलनको जिम्मा आफूलाई दिन आग्रह गरेका थिए ।

 

केही समयअघि टीकापुरमा आन्दोलन चर्काउन समेत आफ्नो भूमिका रहेको दाबी गर्दै भारतीय राजदूत मञ्जिभसिंह पुरीसामू मधेस आन्दोलनको नेतृत्व माग गरेका हुन् ।

 

माओवादी नेता एवम् सहरी विकासमन्त्री प्रभु साहसहित राजपा नेताहरुः महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झासमेत सहभागी उक्त बैठकमा सिंहले राजपाबाट अब मधेसमा अश्थिरताको आश नगर्न राजदूत पुरीलाई आग्रह गरेका थिए ।

 

उक्त बैठकपछि भारतले मधेस आन्दोलनलाई उग्र बनाउन नयाँ संयन्त्र बनाउने योजना बनाएको छ । जसको नेतृत्व सिंहले गर्ने बुझिएको छ ।


प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्न राजपाले मात्रै नसकेको र त्यसका लागि कांग्रेसका तराईमा सांसद र केन्द्रीय सदस्यहरुले मुख्य भूमिका खेलेको स्मरण गर्दै छलफलमा अवका कदमहरुमा राजपाले ‘स्टेप’ लिन नसकेका विषयमा कांग्रेस र माओवादीको संयन्त्रलाई पनि प्रयोग गर्ने समझदारी उनीहरुले गरेका थिए ।

 

उक्त संयन्त्रमा लागि कांग्रेस नेता बिमलेन्द्र निधिको पनि सहभागिता हुने भनिए पनि निधि प्रत्यक्ष रुपमा नभएर अप्रत्यक्ष रुपमा मात्रै सहभागि हुने टुंग्याइएको छ । अ

 

सिंहले संविधान जारी गर्ने बेला पनि मधेस आन्दोलन उठ्ने सम्भावना नदेखिएपछि मधेसी मोर्चाको मात्रै भर नपरी आफू कैलालीको टीकापुरमा पुगेर आन्दोलनको आव्हान गरेको र त्यसपछि संविधान विरोधी आन्दोलन उठेको स्मरण गरेका थिए ।



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

  • 6 minutes ago
राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ