एन्ड्रोइड मोवाइल हरायो ? यसरी पत्ता लगाउन सकिन्छ

एजेन्सी । आफूले चलाइरहेको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन हरायो वा चोरी भयो भने तपाई आफै आफ्नो मोबाइल फोन खोज्न सक्नुहुन्छ । त्यसको लागि यहाँ दिइएका केहि तरिका अपनाउन सक्नुहुन्छ ।


१. हराएको फोन आफ्नो कम्प्युटरको मद्दतले फेला पार्न सकिनेछ । यसका लागि आफ्नो गुगल एकाउन्टमा लग इन गरेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुपर्ने हुन्छ । गुगल सर्चमा ‘एन्ड्रोइड डिभाइस म्यानेजर’ टाइप गरियो भने यसको लिंक प्राप्त हुनेछ । प्राप्त लिंकमा क्लिक गरेर एन्ड्रोइड डिभाइस म्यानेजर भित्र प्रवेश गर्न सकिन्छ ।

 

एन्ड्रोइड डिभाइस म्यानेजरभित्र पस्नासाथ त्यहाँ हराएको फोनको साथमा गर्न मिल्ने तीनवटा कुरा देख्न सक्नुहुनेछ । ‘प्ले साउन्ड’ भन्ने अप्सन थिच्नुभयो भने तपाईंको फोन साइलेन्ट मोडमै भए पनि ५ मिनेटसम्म बज्नेछ र त्यो आवाजको सहायताले आफ्नो फोन फेला पार्न सकिन्छ ।

 

२. तपाईंसँग दोस्रो अप्सन उपलब्ध छ ‘लक’ को । आफ्नो फोन जुन मान्छेसँग छ, उसलाई फोन लक गरेर संदेश छोड्न सकिन्छ । यसका लागि एन्ड्रोइड डिभाइस म्यानेजरमा ‘लक’ क्लिक गरेर आफ्नो फोन लक गर्दै लक स्क्रिनमा केही सन्देश छोड्नुपर्ने हुन्छ । यहाँ आफ्नो अर्कै फोन नम्बर पनि हाल्न सकिन्छ । यसरी फोन लक भैसकेपछि फोन भेट्ने व्यक्तिले आफ्नो सन्देश र आफूले दिएको नयाँ फोन नम्बर प्राप्त गरेर फोन फिर्ता गर्न सक्छ ।

 

३. एन्ड्रोइड डिभाइस म्यानेजरमै आफ्नो फोन कहाँछ भनेर गुगल म्यापमै पनि फोनको लोकेसन फेला पार्न सकिन्छ, जसले गर्दा आफ्नो फोन कहाँ हराएको थियो भन्ने कुरा पत्ता लाग्छ अथवा कसैले उक्त फोन फेला पारेर कुन ठाउँमा पु¥याएको छ भनेर समेत जानकारी प्राप्त गर्न सकिन्छ ।

 

४.यदि कुनै पनि तरिकाले हराएको फोन भेटिदैन जस्तो लाग्छ तर तपाईंको फोनमा गोप्य अनि महत्वपुर्ण डाटाहरू छन् भने पनि चिन्तित हुनु आवश्यक छैन । यसका लागि ‘इरेज’ भन्ने अप्सन दिएको छ डिभाइस म्यानेजरले । इरेज गरिसकेपछि आफ्नो फोनका डाटाहरू स्थायी रूपमै मेटिनेछन् र इरेज गरेको समयमा उक्त फोन अफलाइन छ भने, अनलाइन भएको समयमा इरेज हुन थाल्नेछ ।

 

नोट :  यदि हराएको फोन भेट्ने व्यक्तिले फेला पर्नेबित्तिकै ‘फ्याक्ट्री रिसेट’ गरिदियो भने माथि उल्लिखित कार्य गर्न सकिनेछैन । यसका साथै हराएको फोन अफ छ भने पनि समस्या हुनेछ तर अफ हुनुभन्दा अघिसम्मको फोनको लोकेसन चाहिं प्राप्त गर्न सकिनेछ ।

 



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

  • 4 minutes ago
राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ