माफ गर्नुस् भगवान् ! मैले उनलाई ‘बहुलाही’ बनाएर मारेँ

गाउँका बिरामीहरु काठमाडौं ल्याईयो भने मात्र म व्यस्त हुन्थें । बेरोजगार म । कोठा त कोटेश्वरको महादेवस्थान मन्दिरमुन्तिर थियो । टहलिने बहानामा बरालिनका लागि फोकट बानेश्वर जान्थें । सितैमा पत्रिका पढ्न, सितैमा सुन्दरी नेत्रपान गर्न, पैसा भए चट्पटे र पानीपुरी खान ।

 

एउटी बहुलाई, बानेश्वर आसपासमा प्रायः देखिइरहने । कहिले नालीको फोहोर टिपेर खान्थी, कहिले हातमा चुरोटका ठुटाहरु बटुलेर हिँड्थी, लट्टा परेको जर्खराउँदो लामो र फोहोर कपाल, छाति मुन्तिर च्यातिएको कुर्ता र घुँडा मुन्तिर च्यातिएको थोत्रो, मैलो सुरुवाल । फोहोरी तर राम्री बहुलाई । सुरु सुरुमा देखेको भन्दा बिरामी जस्ती र झन्–झन् कमजोर हुँदै गएकी दयालाग्दी बहुलाई ।

 

एकदिन बानेश्वर चोकको रेलिङमा म बसिरहेको बेला राम्री सद्दे केटीहरुसँगै त्यो बहुलाई पनि आई । झन् कमजोर भईछे बिचरी । ध्यान त्यसैले तानी । करुणा जागेर आयो । लखनतरान झैं झट्टारिँदै अलि पर पुगि । र उसको कुर्ता भित्रबाट एउटा सानो, थोत्रो, कभर नभएको डायरी खस्यो, बहुलाई झन् झट्टारिँदै उतै लागि । चोकका दुनियालाई त्यसको मतलब थिएन, मलाई दुनियाको मतलब थिएन । गएर टिपें बहुलाईको थोत्रो डायरी ।

 

डायरी भित्र एक पेजमा रङ्गिन र ठूलो अक्षरमा लेखेकी रहिछे ‘नविन, आई लभ यू’ अनि पानको पातमा बाण हानेको चित्र ।

 

‘नविन तपाइँले मलाई पागल बनाउनु भो । सायद तपाइँ सुखि र खुसि हुनुहुन्छ होला । जहाँ भएपनि हजुरलाई कहिले नराम्रो नहोस्, तपाईको साटो पनि म नराम्रो भईदिएको छु, बहुलाईदिएकी छु ..........।’

 

मैले हाम्रो छोराको घाँटी निचोरेर मारिदिँए, तपाईलाई त छोरा भयो कि छोरी पनि थाहा छैन होला । मैले अनुहार हेरेर रुँदै रुँदै निचोरेर मारिदिँए र एक पल्ट ज्यादै हाँसे, त्यसपछि आजसम्म हाँसेकी छैन र हाँस्न सक्दिन पनि ....।

 

हजुरले मेरो मन र शरीर दुबैसँग नराम्ररी खेल्नुभो, सायद जित्नुभो बधाई छ हजुरलाई । हजुर सफल हुनुभो, म बहुलाई भएँ .........। हजुरकै कारण म यो हविकत भोगिरहेछु । तैपनि मसँग गुनासो छैन । प्रेममा यति नाथे त्याग पनि गर्न नसके प्रेमको के अर्थ ? होइन त हजुर....... ?

 

यस्तै यस्तै लेखेकी रहिछे डायरीमा अनुपमाले । बहुलाई अनुपमाले । ‘अनुपमा, तिम्रको कुरा त मैले बुझें । मेरो कुरा कसरी सुनाउँ तिमीलाई ? भेटेर भनेपनि तिमीले बुझ्दिनौं होला ।’

 

चार पाँच दिन खोजे अनुपमालाई, बानेश्वर आसपासमा, तर भेटिन । अलि पछि एकदिन अनामनगरको हनुमानस्थान मन्दिर छेउमा बेबारिसे ढलिराखेकी देखें । छेउमा पुगेर बोलाएँ – ‘अनुपमा ! अनुपमा !! अनुपमा !!!’ सुनिन, बोलिन । घोप्टो परेकी अनुपमालाई पल्टाएँ । बिचरी मेरी बहुलाई अनुपमा चिसो भईसकिछ ।...

 



Your Comment

थप समाचार

उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

  • 15 minutes ago
उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 27 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 28 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ