खाडी मुलुक जान बाध्य छन् रोल्पाली महिला

  • बिहीबार, २६ असोज, २०७४
  • 1 week ago
  • नेपाल

रोल्पा, असोज २६ । घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् ।


घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन् ।

 

विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला दिनमा भने महिलासमेत विदेश जान थालेका छन् ।


श्रीमान् रोजगारीका लागि विदेशमै भएका, श्रीमान्सँग सम्बन्ध विच्छेद गरेका, घरेलु हिंसाबाट पीडित तथा घरमा पुरुष नभएका महिला रोजगारीका लागि विदेश जाने गरेको बताइएको छ ।


घरको आर्थिक अवस्था कमजोर भएका तथा रोजगारीको कुनै विकल्प नभएका महिला विदेश जाने गरेका छन् ।


गत वर्ष वैदेशिक रोजगारीमा जानका लागि जिल्लाबाट चार हजार २३६ जनाले राहदानी लिएकामा १७६ जना महिला विदेश गएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।


यसरी रोजगारीमां जाने मध्ये अधिकांश महिलाले घरेलु कामदारका रुपमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने, बगैँचाको रेखदेख गर्ने जस्ता घर भित्रको काम गर्दै आएका छन् ।


आकर्षक तलबको अभाव, जोखिमपूर्ण काम तथा सुरक्षाको ग्यारेन्टी नहुँदा वर्षेनी दर्जनौँ कामदारको मृत्यु हुने भएका कारण वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या घट्दै गएको भए पनि महिलाको भने आकर्षण बढी रहेको बताइन्छ ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।