आर्सनलले लेस्टर सिटीलाई हरायो

  • शनिबार, २८ साउन, २०७४
  • 6 months ago
  • खेल

साउन २८ । शुक्रबारबाट सुरु भएको सिजन २०१७/१८ को प्रिमियर लिगमा आर्सनलले रोमाञ्चक जित हात पारेको छ ।

 

आर्सनलको घरेलु मैदान इमिरेट्स् मा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–३ गोल अन्तरले हराएको हो ।

 

 

खेलमा अग्रता घरेलु टोली आर्सनलले लिएको थियो । खेलको दोस्रो मिनेटमा फ्रान्सेली फरवार्ड एलेक्जेन्डर लाकाजेटले गोल गरेका थिए । त्यसको ३ मिनेट नबित्दै लेस्टरका लागि सिन्जी ओकाजाकीले बराबरी गोल फर्काए । त्यसपछि केही आक्रमक देखिएको लेस्टरका जेमी भार्डीले गोल गरे । २९औं मिनेटमा मार्क अलब्राइटनको क्रसलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् । तर, पहिलो हाफको इन्जुरी समयको अन्त्यमा ड्यानी वेलबेकले गोल गरे ।

 

 

दोश्रो हाफको ५६औं मिनेटमा रियाद माहरेजको कर्नरमा भार्डीले हेडर मार्फत गोल गरेपछि लेस्टरले दोश्रोपटक अग्रता लियो । तर, ३ मिनेटको अन्तरमा २ गोल गरेपछि आर्सनलले पुनः खेलमा अग्रता लियो । ८३ औं मिनेटमा ग्रानिट झाकाको उत्कृष्ट पासमा आरोन राम्जीले गोल गर्दै खेल ३–३ को स्थितिमा ल्याए । त्यसको २ मिनेटमै झाकाकै पासमा ओलिभिएर जिरुडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

 

 

खेलको बाँकी समयमा गोल गर्न नसक्दा लेस्टरले तीन अंक गुमाएको छ ।

 

 



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि