चुकिरहेको राष्ट्रियता !

फाइल फोटो

राष्ट्र भनेको के हो र राष्ट्रको परिभाषा कस्तो हुन्छ ? यो अफ्ठयारो प्रश्न हुंदै हो । एउटा जातिको धर्म, भाषा, संस्कार, सभ्याता र उसको आधार ईलाका नै एउटा राष्ट्र हो । राष्ट्र बलियो हुन के–के चिजहरु आवश्यक पर्दछ ? के–के विषयले राष्ट्रियता बलियो वा फितलोे हुन्छ त ? नागरिक सुरक्षा, अर्थ व्यवस्था या राष्ट्रमा बसोबास गर्ने विभिन्न जाति, भाषी, धर्मालम्वीहरुको विकासले राष्ट्र बलियो हुन्छ ? यस विषयमा निक्कै गम्भिर भई छलफल गनुपर्र्ने छदैछ ।

 

कुरो हो, नेपाली युवा पुस्ताको । करिब चालिस लाख नेपाली युवाहरु रोजगारको लागि विभिन्न देशहरुमा विदेशिएका छन् । कोही विदेशी सेनामा भर्ती भएका छन् भने कोही विभिन्न प्रकारले अर्थ पार्जन गर्न स्वादेश छाडेका छन् ।

 

विदेशीने पराम्पराको सायद जेठो ईतिहास हो गोर्खा भर्ती । गोर्खा भर्तीसंगै कतिपय नेपाली युवाहरु बिभिन्न देशको सेनामा भर्ती भई काम गरिरहेका छन् । वेलायती सेना र भारतीय सेनामा कार्यरत नेपाली युवाहरु मात्र राष्ट्र–राष्ट्र बीचको सन्धि र सम्झौताको आधारमा काम गरिहेका छन् । अन्य देशहरुमा सन्धि सम्झौता विना नै काम गरिरहेको पाईन्छ । एक देशको युवा अर्को देशको सेनामा काम गर्दा दुवै देशको राष्ट्रियता कस्तो हुन्छ ? यो नेपाली जनताको प्रश्न हुन सक्छ । जनताको अभिभावक राज्य भएकोले राज्यले नै उत्तर पनि दिन सक्नुपर्दछ ।
बेलायती सेनामा अहिले झण्डै २६ सय हाराहरीमा नेपाली युवाहरु कार्यरत छन् । इण्डियन सेनामा करिब ४० हजारको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । वेलायती सेना अन्तर्गत २ वटा ईन्फेन्ट्रि बटालीयनहरु रहेका छन् । जसमा दोस्रो गोर्खा राईफल व्रुनाईमा रहेका ेछ भने पहिलो गोर्खा राईफल वेलायतमा । यी दुई बटालीयन ३–४ वर्षमा व्रुनाई र वेलायत आलोपालो रहने गर्दछ । तर ब्रुनाई र नेपालबीच कुनै पनि सम्झौता नभएको विज्ञहरुले बताउंदै आइरहेका छन् ।


ब्रुनाईको बन्दारसेरी वगवानमा जि.आर.यु (गोर्खा रिर्जभ यूनिट) पनि रहेको छ । जहां बेलायती सेनाबाट अवकाश भएका गोर्खाज् जाने गर्दथे । धेरै जसो आई.एल.आर (ईण्डिफेनिट लिभ टु रिमेइन)मा बेलायत स्थानतरण हुन थालेपछि, कोटा पुर्ती गर्न सेवा निवृत ईण्डियन गोर्खाज्, नेपाल आर्मी र सिंगापुर प्रहरीबाट सेवानिवृत्त भएकाहरुलाई लैजान थालेका छन् । नेपाल सरकार र ब्रुनाई सरकारबीच यस विषयमा पनि कुनै सम्झौता नभएको विज्ञहरुले बोल्दै आएका छन् ।


बहराईनमा पनि नेपाली युवाहरु सेनाको रुपमा कार्यरत रहेका छन् । उनीहरु संन्धि सम्झौता बिना नै रहेको पाईन्छ । नेपाल सरकार र वहराईनबीच कुनै पनि संन्धि सम्झौता गरेको देखिदैन । विशेष गरी वेलायती सेनाबाट अवकाश भएकाहरुलाई प्राथमिकताका साथ एजेन्ट मार्फत लैजाने गरेका थिए । उनीहरु पनि आई.एल.आरबाट वेलयात स्थान्तरण हुन थालेपछि अवकाश प्राप्त भएका ईण्डियन गोर्खाली र नेपाल आर्मीबाट सेवा निवृत भएकाहरुलाई बहराईनमा लैजान थालिएको बुझ्न सकिन्छ । सिभिलीयन नेपाली युवाहरुलाई पनि नेपाल आर्मीको कागजपत्र बनाएर लैजाने गरेको बताईन्छ । उनीहरु फुल आर्म सहित सेनाले झै डिउटी गर्दछन् ।

 

यसैगरी नेपाल प्रहरीको डकुमेन्ट बनाई दुबईमा “ईमिरेट गेटवे सेक्युरिटी सर्भिस्” नामक कम्पनीले पनि नेपाली युवाहरुलाई लैजाने गरेका छन् । त्यहां करिव ७ सयको संख्यामा रहेको बताईन्छ । उनीहरु फुल आर्म बोकेर सेनाकै रुपमा काम गर्दछन् ।


बेलायती र ईण्डियन सेनामा कार्यरत नेपाली युवाहरु बाहेक सिंगापुर, जि.आर. यु. ब्रुनाई, दुवई, बहराईन सेनामा कार्यरत नेपाली युवाहरु संन्धि सम्झौता विना सेनामा भर्ना गरिएको विज्ञहरुको भनाई छ । तत्कालीन ७ जि.आर. का रिटायर्ड डब्लु.ओ.टु (नाम उल्लेख गरिएको छैन) बहराईनमा नेपालीको प्रमुख कमाण्डरको रुपमा रहेका छन् । नेपालबाट एक जना व्यक्ति (नाम उल्लेख गरिएको छैन)ले युवाहरुलाई जम्मा गरी पठाउने गर्दछन् । करिब ७० जना युवाहरु सन् २०१७ बहराईन सेनामा नयां भर्ती गरिएको जानकारहरु बताउंछन् । उनीहरुबाट जनही रु ११ लाख हाराहारीमा लिएको अनुमान छ ।

 

सिंगापुरमा गोर्खाज्


९ अप्रिल १९४९ को दिनदेखि अफिसियल रुपमा सिंगापुर प्रहरीमा नेपाली युवाहरुलाई भर्ती गराउन थालिएता पनि नेपाल सरकारसंग केहि सम्झौता नभएको माथि उल्लेख गरियो । सिंगापुर र बेलायत बीच मात्र सम्झौता भएको हुन सक्छ । नेपाली युवाहरु कुन सन्धि सम्झौताको कारण सिंगापुर प्रहरीमा जागीर गरिरेहका छन् ? नेपाल सरकारले यस विषमा चासो राखेकोे छ या छैन, अन्योलमा रहेको देखिन्छ । यस विषयमा नेपाल सरकार गम्भिर हुन अनिवार्य छ ।


मलेसियाको १४ औं स्टेट रहेको सिंगापुर ९ अगस्ट १९६५ सालमा मलेसियाबाट ईण्डिपेन्डेन्ट भएपछि नयां संविधान निर्माण भयो । संयुक्त राष्ट्रसंघको सदस्य पनि बन्न सफल भयो सिंगापुर । सिंगापुरमा सारकारी सेवामा कार्यरत व्यक्तिहरुले सिंगापुरको नागरिकता लिन सक्ने प्रावधान बन्यो तर जि.सि.(गोर्खा कन्टिगेट) सिंगापुरमा रहेका गोर्खालीहरुलाई भने तत्काल दिईएन । तत्कालीन ईनिस्पेक्टर एल वी राईको नेतृत्वमा गोर्खालीहरुले पनि सिंगापुरको नागरिकता पाउनुपर्ने माग राखी क्यामपेइन सुरु गरे । उक्त विषयमाथि पार्लियामेन्टमा बहस भयो । सन १९७३ अगस्टमा तत्कालीन प्रधानमन्त्री लि क्वान युले भने, “गोर्खालीहरु पनि सिंगापुरको नागरिकता पाउन योग्य छन्”। त्यसपछि सिंगापुर प्रहरीमा कार्यरत गोर्खाली र तिनका परिवारले सिंगापुरको सिटिजनसिप लिन थाले ।


तर ६ बर्ष नवित्दै सिंगापुर प्रहरीमा कार्यरत पुर्वी नेपाल र पश्चिम नेपालबीच क्षेत्रियताको ठुलो समस्या जन्म भयो । त्यस समयमा जिसिमा प्रेम बहादुर गुरुङ जि.एम. थिए । उनी र वेलायती नागारिक ओसीले निर्णय गर्दै, पुर्वी नेपालका सबैलाई खाली हात नेपाल फर्काए । नेपालमा छुट्टी मनाउन गएकाहरु मात्र पुर्वी नेपालका बांकी रहेका थिए । पुर्वी नेपालका जवानहरुलाई सिंगापुर प्रहरीमा एक वर्षसम्म भर्ती हुनबाट बन्चित पनि गरेका थिए । त्यसपछि उक्त समस्याले झनै ठुलो रुप लिन पुग्यो । गोर्खालीहरुलाई सिंगापुरमा राख्ने कि नराख्ने विषयमा लामो समय पार्लीमेन्टमा छलफल भयो ।

 

'बेलायती सेनामा रहेको गोर्खाज्को यस प्रकारको समस्यालाई मैले समाधान गरेको छु, भिम बहादुर गुरुङलाई मेरो सहायक राखेमा यो समस्याको पनि समधान गर्न सक्छु' भन्ने धाराणा लेफ्टिनेन्ट कर्णेल वि एम निभनले राखेको बुझिन्छ । भिम बहादुर गुरुङ वेलायती सेना अन्तर्गत गोर्खा रेजिमेन्ट ७ वा १० जी. आर. (गोर्खा राईफल) को जि.एम (गोर्खा मेजर) गरेका अफिसर थिए । सन् १९८० मा लेफ्टिनेन्ट कर्णेल वि एम निभन र भिम बहादुर गुरुङले २ वर्षको कन्टर्याक्ट पाए, गोर्खा कन्टिगेट सिंगापुरमा । लेफ्टिनेन्ट कर्णेल वि एम निभनले ओसिको कार्यभार सम्हाले भने भिम बहादुर गुरुङले गोर्खा एसिस्टेन्टको । २ वर्षका लागि कन्टर्याक्ट पाएका ओसि निभनले १९८०–१९९५ सम्म १५ वर्ष काम गरे । भिम बहादुर गुरुङले १३ वर्ष काम गरे भने माईते गुरुङले १० वर्ष गोर्खा मेजरको कार्यभार सम्हाले । ओसि निभनले गोर्खा कन्टिगेटमा दोस्रो कार्यकाल २००१–२००६ सम्म गरेको सिंगापुरमा कार्यरत जावनहरु बताउंछन् ।

 

सन् १९८२ सालमा उनीहरुले एउटा स्टान्डिङ अर्डर जारी गरे । स्टान्डिङ अर्डर अनुसार हुकुम सुनाईयो र भनियो, ज–जसले सिंगापुरको सिटीजनसिप एप्लाई गर्न डकुमेन्ट बनाएको छ सबै फिर्ता गर्नु । यदि फिर्ता नगरे कारबाही हुनेछ । सोझा र ईमान्दार जागीर गर्ने धेरैजसोले फिर्ता गरे । केहि शिक्षित र चलाख व्यक्तिहरुले भने फिर्ता गरेनन् । त्यहि सालबाट जि.सि.मा कार्यरत गोर्खालीहरुलाई सिंगापुरको सिटिजन एप्लाई गर्नबाट बन्चित गरियो ।

 

सिंगापुर जि.सि.मा गोरा र गोर्खालीहरु बाहेक अन्य समुदायका सदस्य कार्यरत थिएनन् । सन् १९९६–१९९७ सालबाट सिंगापुर नागरिकहरु पनि जि.सि. मा कार्यरत रहन थालेको पाईन्छ । हालमा ११–१२ जनाको संख्यामा अफिसरहरु रहेको जानकारहरु बताउंछन् ।

 

करिब १८ वर्षको अन्तरालमा फेरी पुर्वी नेपाल र पश्चिम नेपाल विचमा क्षेत्रिय समस्या बल्झिएर आयो । विशेष गरेर पुर्वी नेपालकाहरु सर्बोच्च पद गोर्खा मेजरमा पुग्न नसकेका गुनासाहरु थिए । उक्त समस्यालाई जि.सि.मा कार्यरत सिंगापुर नागरिकहरुले चासो लिएको जानकारहरु बताउंछन् । गोर्खा मेजरको कार्यभार सकिने समयमा गोर्खा मेजरले नै नयां गोर्खा मेजरको सिफारीस गर्न पर्ने प्रावधान रहेको कारण पुर्वकाहरु गोर्खा मेजर बन्नबाट बन्चित भएको जानकारहरु बताउंछन् ।

 

सन् २००७ मा सिंगापुर प्रहरीको पे र पेन्सन बढेको घोषणा भयो तर गोर्खालीहरुको बढ्न सकेन । त्यसपछि जि.सि.मा कार्यरत चिनिया अफिसररुको सहयोगमा (पि.एच.क्यु) प्रहरी हेड क्वार्टरमा उक्त समस्या पु्याए । भ्रष्टचारको मुद्धा अदालतमा दर्ता भयो । भ्रष्टचार गरेको प्रमाणको आधारमा ओ.सि., टु.आई.सि. र जि. एम. जेल जान पर्ने भयो । तर सिंगापुरमा जरिवाना तिरेपछि जेल जान नपर्ने कानुनी प्रावधान भएकोले उनीहरुले जरिवाना तिरेर जेल जानबाट जोगिएको सिंगापुर प्रहरीबाट अवकाश भएकाहरुले बताउंदै आएका छन् ।


टेम्के छांया संगठनको जन्म


सन् १९९८ ताका विशेष गरेर भोजपुुुर र खोटाङ जिल्लाबासीहरुले टेम्के छांया सामाजिक संगठनको निर्माण गरे । पिकनिकको आयोजना गरी साकेला (राईहरुको चाडमा नाचिने नाच) नाचे । त्यसपछि जि.सि.मा डढेलो झै सल्कियो उक्त खबर । उच्च पदाधिकारीहरुले यस्तो काम गर्न सक्दैन भनी कारबाहीको प्रक्रियालाई अगाडी बढाए । उनीहरुले साकेला नाच्दा रुख विरुवा काटी हातमा पक्रेर नाचेको, रुखहरु भांचेको अभियोग लगाए । पब्लिक अधिकार सम्पन्न देश भएकोले उनीहरुलाई कारबाही गर्न नसकेको बुझ्न सकिन्छ ।


जि.सि.मा आन्दोलन

 

पे र पेन्सन नबढेको कारण सन् २००७ मा सिंगापुर जि.सि.मा डरलाग्दो आन्दोलन भयो । उक्त आन्दोलनको कारण २ वटा थिए । एउटा पे र पेन्सन नबढाईनु र अर्को थियो संचमान लिम्बुलाई गोर्खा मेजर बन्नबाट रोक्नु । आन्दोलनको बाहिरी नेतृत्व चिफ ईनिस्पेक्टर खिम बहादुर चन्द र धन बहादुर गुरुङले गरेको पाईन्छ । उनीहरुले संचमान लिम्बुलाई गोर्खा मेजर बन्नबाट रोक्नु जस्तो नदेखिएता पनि रोक्नु थियो । तर तल्लो दर्जाका गोर्खालीहरुले भने पे र पेन्सन नबढेकोमा आक्रोश थिए । उनीहरुले जि.सी. क्याम्पमा नै कब्जा जमाए । फ्रन्ट गेट तालाबन्दी गरे । बाहिरबाट आएका सिंगापुर प्रहरीहरुलाई भित्र पस्न दिएनन् । झन्डै गोली हानाहन् भएको त्यहां संलग्न व्यक्तिहरु बताउंछन् । जि.सि.का अधिकांश गोरा र गोर्खाली अफिसरहरुले पिटाई खाए ।



प्रहरीको चिफ जिसिमा आएपछि आन्दोलन साम्य भयो । तीन महिना लामो छलफल भयो । केहि मात्रमा मागहरु संम्बोधन भएको बताउंछन् जानकारहरु । जि.सि.मा कार्यरत १५ जना गोर्खालीहरुलाई उक्त आन्दोलनको दोषी बनाई खाली हात नेपाल फर्काए भने लामो समयको अन्तरालपछि पुर्वेली गोर्खा मेजर बन्न सफल भए संच बहादुर लिम्बु ।

 

यस प्रकारका समस्याहरु बेलायती सेनामा पनि उच्च पदका पदाधीकारीहरुबाट धेरै भएको पाईन्छ । गोर्खालीहरु असमानताको सिकार हुनुको पहिलो कारण गोर्खा मेजरहरु र गोर्खा अफिसरहरु देखिन्छन् । तर सबै गोर्खा मेजर र अफिसरहरु दोषी छैनन् । ओसि लेफटिनेन्ट कर्णेल वि एम निभन, गोर्खा एसिस्टेन्ट भिम बहादुर गुरुङ र गोर्खा मेजर माईते गुरुङ, १९७० ताकाका जि.एम. प्रेम बहादुर गुरुङ र त्यस समयका गोरा ओसिहरु नै जि.सि.का तानाशाहीहरु भएको ती घट्नाक्रमहरुले पुष्टि गर्दछ ।

 

स्वास्थ्य उपचार


कामको शिलशिलामा घाईते भए वा बिरामी भई अनफिट भएको अवस्थामा जि.सि.मा कार्यरत गोर्खालीलाई खाली हात नेपाल फर्काउने गरेका छन् । परिवारमा कुनै सदस्य बिरामी भई मंहगो उपचार गर्न पर्ने अवस्थामा सिंगापुर सरकारबाट ६० प्रतिशत र व्यक्तिगत रुपमा ४० प्रतिशत बेहोर्नुपर्ने उच्च पदाधिकारीले बताउने गरेको पीडितहरुको भनाई रहेको छ । तर सन् १९८६ मा जारी गरेको टर्म एण्ड कण्डिसनलाई अध्ययन गर्दा जि.सि.मा कार्यरत गोर्खाज्हरुले पनि गोरा सरह या सिंगापुर प्रहरी सरह उपचार खर्च लगायत सबै पाउने उल्लेख गरेको जानकारहरु बताउंछन् । १९८६ मा जारी गरेको टर्म एण्ड कण्डिसनलाई लत्याउने तिनै गोर्खा एसिस्टेन्ट भिम बहादुर गुरुङ र गोर्खा मेजर माईते गुरुङ रहेको पीडितहरु बताउंछन् ।

 

शिक्षामा सुविधा


लाहुरेका सन्तानहरुले ओ लेभलसम्म निशुल्क पढ्न पाउंछन् भने ओ लेभल भन्दा माथिको सम्पुर्ण जिम्मेवारी अभिभावकले लिनुपर्ने प्रावधान रहेको पाईन्छ ।

 

फेमिली क्वार्टर


सेन्ट्रलाइज् गरेर बनाएका अग्ला–अग्ला बिल्डिङहरुमा लाहुरेका परिवारलाई राख्ने गरिन्छ । क्वार्टरहरुमा पंखा प्रयोग गर्दछन् । सिंगापुरको ताप्रकम २५ डिग्री देखि ४० डिग्रिसम्म पुग्ने  गर्दछ । एयर कण्डिसनको प्रयोग गर्न नपाउने हुकुम छ । क्वार्टरमा आएका पाहुनाहरुलाई रातको १० बजे भित्रमा बिदा गरिसक्नुपर्दछ । फेमिलीहरु स्वयम आफै बाहिर जान पाउंदैनन् र बाहिर काम गर्न नपाउने नियम जि.सि.मा रहेको पाईन्छ ।

 

प्रश्न छ त


एक देशको नागरिक अर्को देशको सेनामा काम गर्दा राष्ट्रियतामा कस्तो प्रभाव पार्दछ ? राष्ट्रियता कस्तो हुन्छ ? नेपाली युवाहरुलाई निरन्तर संन्धि सम्झौता बिना विदेशी सेनामा पठाईरहंदा सांच्चै नेपालको राष्ट्रियता बलियो हुन्छ वा हुन्न ?



    Your Comment

    थप समाचार

    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    • 3 minutes ago
    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    • 12 minutes ago
    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    • 57 minutes ago
     मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।