यी हुन् अष्ट्रेलियाका १० सुन्दर ठाउँ

सिड्नी—विश्वको सबैभन्दा ठूलो आइल्याण्ड र सबैभन्दा सानो महादेश अष्ट्रेलिया । वार्षिक लाखौ मानिसहरु अष्ट्रेलिया घुम्नका लागि जान्छन् । त्यहाँ भएका मनोरम दृश्यहरु यति लोभ लाग्दा छन् कि जो कोहीलाई आकर्षित गर्ने गर्छन् । 


प्रत्येक वर्ष लाखौको संख्या पर्यटकहरु अष्ट्रेलिया घुम्न जाने गर्छन् । विश्वको प्रमुख पर्यटकीय सहरको रुपमा परिचित अष्ट्रेलियाका यी सहरहरुमा आफ्नो मनलाग्दो एडभेन्चर गर्ने तथा कला संस्कृति बुझ्न जाने मानिसहरुको संख्या दिन प्रतिदिन बढ्दो रहेको छ । हरेक सहरको आफ्नै विशेषता रहेको छ ।

अष्ट्रेलियामा रहेका रहेका उत्कृष्ट १० ठाउँहरुको विश्वभर उत्तिकै चर्चा हुन्छ । चर्चा पनि किन नहोस् यी स्थानहरु मनोरम दृश्यहरुले भरिएका छन् ।


१०. एडिलेड

यो ठाउँ दक्षिण अष्ट्रेलियाको राजधानीका रुपमा परिचित रहेको छ । यो अष्ट्रेलियाको पाँचौ ठूलो सहर हो । १.२ मिलियन जनसंख्या रहेको एडिलेडका आफ्नै गुणहरु रहेका छन् ।


दक्षिण अष्ट्रेलियामा रहेका तीन भागभन्दा बढी मानिसहरु एडिलेड मेट्रोपोलिटन क्षेत्रमा बस्ने गर्छन् । यो सहरलाई अष्ट्रेलियाको प्रख्यात वाइन क्षेत्रहरुले घेरेको छ । एडिलेड हिल्स र गल्फ सेन्ट भिन्सेटको बीचमा समथर भाग रहेको छ ।


ऐतिहासिक रुपमा हेर्ने हो भने यस ठाउँलाई ‘सिटी अफ चर्चेज’ पनि भनिन्छ । यस सहरमा रहेका भित्री कलाहरु उपनिवेश बेलाका रहेका छन् ।


९. डार्विन

उत्तरी भुभागलाई अगालेको डार्विन विश्वकै मुख्य सहरहरु मध्येको एक हो । हिन्द सागरलाई छोएका कारण अरु राष्ट्रहरुसँग नजिकको सम्बन्ध बनाएको छ—यो सहरले । 

आवतजावतका लागि यो सहर केन्द्र हो । दोस्रो विश्वयुद्धमा नराम्रोसँग विनासको शिकार भएको यो सहरले आफूलाई पुनःजिवित गराएका थियो । आत्मा कहिल्यै पनि मर्दैन भन्दै डार्विन सहरले आफ्नो निर्माण थालेको थियो ।

आज ७५,००० हजारभन्दा बढी मानिसहरुको बिदा मनाउने ठाउँ बनेको छ—यो डार्विन ।


८. होवर्ट

होवर्ट अष्ट्रेलियन आयरल्याण्ड तास्मानियाको राजधानी सहर हो । सिड्नीपछि अष्ट्रेलियाको सबैभन्दा पुरानो सहर हो होवर्ट । यहाँको जनसङ्ख्या २,५०,००० रहेको छ ।


अन्य सहरहरुको तुलनामा यो सहर निकै सानो मानिन्छ । सानो स्टेटको झल्को दिने खालको रुपमा होवर्ट रहेको छ । यहाँको कलाको कुरा गर्ने हो भने जर्जिन र भिक्टोरियन कलाले होवर्ट सजिएको छ । 

उदाहरणको रुपमा सलामन्का ठाँउलाई लिन सकिन्छ । यसको वेरहाउसमा टेरेस रहेको छ सन् १८३० को वेलिङ दिनहरुलाई यसले ताजा गराउने काम गर्छ ।
मौसमको कुरा गर्नु पर्दा मिल्ड टेम्परेट ओसनिक क्लाइमेट रहेको छ । त्यो पनि भिन्न चार सिजनमा ।


७. ब्रिसबेन

ब्रिसबेन क्वीन्सल्याण्डको राजधानी सहर हो । यहाँको जनसंख्या २ मिलियन रहेको छ । अष्ट्रेलियाको सिड्नी र मेलवर्नपछि तेस्रो ठूलो सहरको रुपमा यो परिचित रहेको छ ।


यो सहरको मुख्य विशेषता भनेको न्यानो मौसम, मनमोहक दृश्यहरु र रमाइला स्थानीय मानिसहरु नै हुन् । वार्षिक लाखौको संख्यामा आउने अन्तर्राष्ट्रिय पर्यटकका कारण यस सहरको विकास अत्यन्त तीब्र रुपमा भएको देखिन्छ ।


६. पर्थ

अष्ट्रेलियाको दक्षिण पश्चिम कोस्टलाइनमा अवस्थित रहेको छ यो सहर । पर्थ अष्ट्रेलियाको चौथो ठूलो सहरको रुपमा परिचित रहेको छ । यो पश्चिम अष्ट्रेलिया राजधानी हो ।


अन्य मुख्य सहरदेखि एक्लिएको छ—पर्थ । पर्थ विकासको आफ्नै विशेष विशेषता रहेको छ । यो ठाउँ निकै पुरानो जस्तो देखिन्छ तर यहाँको मौसम अत्यन्त मनोरम रहेको छ ।


युवाहरुले भरिएको वातावरण महसुस गराउँछ यो सहरले । यो सहरको जनसंख्या करिब २ मिलियनभन्दा बढी रहेको छ ।


५. मेलवर्न

भिक्टोरिया स्टेटको राजधानी हो—मेलवर्न । अष्ट्रेलियाको दोस्रो ठूलो सहरको रुपमा परिचित छ मेनवर्न सहर । अष्ट्रेलियाको दक्षिणपूर्वी टिपमा यो सहर अवस्थित रहेको छ ।


मेलवर्नलाई राष्ट्रकै सांस्कृतिक राजधानीको रुपमा चिनिने गरिन्छ । हरेक कुरा निकै योजनाका साथ निर्माण गरिएका छन् यस सहरमा । सपिङ मल, फाइन रेष्टुरेन्ट तथा स्पोर्ट भेनुहरु योजना तथा आकर्षकका साथ निर्माण गरिएका छन् ।


राम्रो जीवन अनुशरण गर्नेहरुका लागि मेलवर्न घुम्ने एउटा राम्रो डेस्टिनेशनको रुपमा लिइन्छ ।

 

४. काइअन्स

बिदा मनाउनका लागि एकदमै चर्चित ठाउँको रुपमा परिचित रहेको छ—काइअन्स । उत्तरपश्चिम क्षेत्रमा रहेको यो सहर अष्ट्रेलियाको स्टालिइस सहरका रुपमा परिचित रहेको छ ।


यो सहरको जनसंख्या करिब १,५०,००० रहेको छ । वाइल्डलाइफ डाइभरसिटी तथा एडभेन्चर ट्राभल गर्नका लागि यो सहर निकै प्रख्यात रहेको छ ।

 

३. अलाइस स्प्रिंङ्स


अष्ट्रेलियाको मुटुमा रहेको छ यो सहर । अष्ट्रेलियाको मुख्य सहरदेखि १५०० किलोमिटर पर रहेको यो सहर अथा मनोरम दृश्यहरुले भरिएको छ । 

आदिवासी मानिसहरु तथा अनुशरण गर्ने खालका मानिसहरु यस स्थानमा बस्दै आइरहेका छन् । यो घुम्न आउने मानिसहरुका लागि मनोरम दृश्यहरुले भरिएको केन्द्रको सहरको रुपमा परिचित सहर हो ।

सन् १९८० को दशकमा पर्यटकहरुको आगमन यस ठाउँमा हुन थाल्यो । यदि तथ्याङ हेर्ने हो भने २८००० भन्दा बढी मानिसहरु यस ठाउँ घुम्न आउने गर्छन् ।


२. ग्रेट व्यारिअर रेफ

अण्डर वाटर एक्सपोलर र स्कुभा डाइभर्सका लागि यो सहर टप डेस्टिनेशनमा गनिन्छ । यो विश्वको सबैभन्दा ठुलो व्यारिअर रेफ सिस्टम भएको ठाउँ हो । 

अष्ट्रेलियाका क्वीन्सल्याण्ड स्टेटमा यो सहर पर्छ । यस ठाउँ २९०० भन्दा धेरै कोरल रिफ्सहरु रहेका छन् । त्यस्तै सयौको संख्यामा आयल्याण्ड र केअज पनि रहेका छन् ।


मिलियन वर्षहरु लागेर बनेका यी रिफहरु अब विश्वकै सबैभन्दा धेरै डाइभर्स इकोसिस्टम भएको छ तथा अष्ट्रेलियाको सबैभन्दा राम्रो स्थानको रुपमा यो ठाउँ परिचित रहेको छ ।

 

१. सिड्नी

अष्ट्रेलियाको दक्षिणी उत्तर कोस्टमा सिड्नी अवस्थित रहेको छ । न्यु साउथ वेल्सको राजधानी हो—सिड्नी । मोर्डन सहरको रुपमा परिचित यो सहरको पुरानो र लामो इतिहास रहेको छ । 

सिड्नीलाई ‘सिनिक हार्वर’को रुपमा समेत परिभाषित गर्ने गरिन्छ । हार्वर किनारमा यहाँका आदिवासीहरु बस्दै आइरहेको र उनीहरु नै पहिलो यहाँ बासिन्दा भएको मानिन्छ । आज अष्ट्रेलियाको सिड्नी सहर विश्वकै चर्चित सहरमध्येको एक हो ।


सन् १७८० को दशकपछि यसको विकास हुन थालेको बताइन्छ । सिड्नी हार्बर ब्रीज तथा सिड्नी ओपेरा हाउसले ती पुराना कुराहरुलाई याद दिलाउने गरेको बताइन्छ ।

अनुवादः touropia.com

 



Your Comment

थप समाचार

निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

  • 10 hours ago
निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

लिम्बूको हत्या गरेको तथा नीजकी श्रीमतिलाई आक्रमण गरी बन्धक बनाएको लगायतका अभियोगमा मुद्धा खेपिरहेकी आरोपी ५० वर्षीया सुनमाया तामांगले भने अदालतसामु आफुमाथि लगाइएको अभिय

के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

  • 10 hours ago
के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो खास पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यी दिनहरुमा निकै चर्चामा रहेकी छिन् । 

बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

  • 11 hours ago
बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।