बागलुङ नगरपालिकाको बजेट ६९ करोड, आम्दानीको लागि 'डोजर' र 'टिप्पर' खरिद गरिने

बागलुङ, साउन १। बागलुङ नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ का लागि रु ६९ करोड २३ लाख १७ हजारको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

 

शनिबार सम्पन्न पहिलो नगरसभामा नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले सो विवरण प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी सडक निर्माणमा रु १५ करोड ८९ लाख विनियोजन गरिएको छ ।

 

वडास्तरीय पूर्वाधार योजनामा रु पाँच करोड, खानेपानीमा एक करोड ७५ लाख, सहरी सडक तथा नाली निर्माणमा रु तीन करोड रकम छुट्टाइएको उप–प्रमुख खड्काले जानकारी दिए । यस्तै, सामाजिक विकासतर्फ रु २० लाख, गरिबसँग बागलुङ नगरपालिकाको कार्यक्रमका लागि रु २५ लाख, गरिबी न्यूनीकरण कोषका लागि रु ४६ लाख र लक्षित वर्गका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

 

धार्मिक सम्पदा निमार्णमा रु एक करोड, पर्यटन प्रवद्र्धनका लागि रु ५० लाख छुट्टाइएको छ । नगरपालिकाको आम्दानी बढाउन ‘डोजर’ र ‘टिपर’ खरिदका लागि समेत सभाले बजेट विनियोजन गरेको छ । सभाले सामाजिक सुरक्षा भत्तातर्फ रु १० करोड र विषयगत शाखा कार्यक्रम सञ्चालनका लागि रु २४ करोड ८९ लाख छुट्टाएको छ ।

 

आयतर्फ दस्तुर तथा सेवा शुल्कबाट रु दुई करोड, राजस्व बाँडफाँडबाट रु एक करोड ६५ लाख, केन्द्रिय अनुदान रु २५ करोड २६ लाख, वित्तीय समानीकरणतर्फ रु २४ करोड ८९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने रु दुई करोड ५६ लाख नगरपालिकालाई प्राप्त हुनेछ ।

 

यसैगरी, सामाजिक सुरक्षा भत्ताका लागि रु १० करोड र सौर्य बत्ती जडानका लागि रु एक करोड एक प्राप्त हुने बजेटमा उल्लेख छ । 



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

  • 5 minutes ago
राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ