वाग्मती नदि गंगाभन्दा सयगुना पवित्र-विष्णु कुमार प्रसाई

  • बिहीबार, २१ मंसिर, २०७४
  • 1 week ago
  • बिचार

बाराह पुराण –२१५÷४९–५६ मा यसो भनिएको छ ः
पशुपति क्षेत्र रवाग्मतीको महिमा
हिमाद्रेस्तुङ्गशिखराद् प्रोद्भूता वाग्मती नदी ।
भागीरथ्या ः शतगुण पवित्रं तज्जलं स्मृतम् ।।
तत्र स्नात्वा हरेर्लोकानुपस्पृश्य दिवस्पतेः ।
मुक्त्वा देहं नरा यान्ति मम लोकं न संशयः ।।

ऋपि दुष्कृतकर्माणः क्षेत्रेऽस्मिन्निवसन्ति ये ।
नियतंपुरुहूतस्य श्रिताः स्थाने वसन्ति ते ।।

देवदानवगन्धर्वा ः सिद्धविद्याधरोरगाः ।
मनुयोऽप्सरसो यक्षा मोहिता मम मायया ।।

तद् वै गह्मां न जानन्ति यत्र सन्निहितो ह्य्हम् ।
तपस्तपोधनानां च सिद्धक्षेत्रं हि तत्स्मृतम् ।।

प्रभासाच्च प्रयागाच्च नैमिवात् पुष्करादपि ।
कुरुक्षेत्रादपि वुधाः क्षेत्रमेतम् विशिष्यते ।।

श्वशुरोमे स्थितो यत्र हिमवान् भूवरेश्वर ः ।
प्रभवन्ति यत ः सर्वा गंगाद्याः सरितां वरा ः।।
तपस्मन् क्षेत्रबरे पुण्य पुष्ण ः सर्वा ः सरिद्वरा ः।
सर्वेप्रस्वण पुण्या ः सर्वे पुण्याः शिलोच्चया ः।।
(वाराहपुराण २१५÷४९–५६)


वाग्मती नदी हिमालयको उच्च शिखरबाट प्रकट भएकी छन् । भागीरथीगंगाको भन्दा सय गुना पवित्र उनको जल छ । वाग्मतीमा स्नान गरेर स्वर्गका अधिपति इन्द्रको लोकलाई छुँदै (इन्द्रलोक हुँदै) शरीर त्याग गरेर मनुष्य मेरोलोकमा (शिवधाम, शिवलोकमा) जान्छन्, यसमा सन्देह छैन । यस पाशुपतक्षेत्रमा जोप्राणीनिवास गर्छन्, उनीहरु पाप कर्म गर्ने भएपनि निश्चय नै इन्द्रको लोकमा वस्छन् । देव, दानव, गन्धर्व, सिद्ध, विदाधर, नाग, मुनिहरु, अप्सराहरु तथा यक्षाहरु मेरो (शिवको) मायालेमोहित हुन्छन् र त्यो गुह्य कुरो जान्दैनन्, जहाँ म गुप्त रुपले वसेको छु । योक्षत्रे तपस्वीहरुको तपस्याको स्थान र सिद्धक्षेत्र मानिएको छ । प्रभासक्षेत्र, प्रयाग, नैमिषक्षेत्र, पुष्करक्षेत्र र कुरुक्षेत्रभन्दा पनि योक्षेत्र विशिष्ट मानिएकोछ । जहाँ मेरा ससुरा पर्वतराज हिमालय छन्, जहँबाट गंगा (भागीरथी) आदि सर्वश्रेष्ठ नदीहरु उत्पन्न हुन्छन्, त्यस श्रोष्ठ पुण्यक्षेत्रमा जति खोलानालाहरुछन्, ती जम्मै पुण्यस्वरुप छन् । र सवै पर्वतहरु पनि पुण्यस्वरुप छन् ।


अश्रमस्तत्र भविता सिद्धचारणसेवितः ।
शैलेश्वर इति ख्यातः शरीर यत्र मे स्थितम् ।।
स्ववन्तीतनां वरा पुण्या वाग्मती पर्वतोत्तमात् ।
भागीरथी वेगवती कलुषं वहतेनृणम् ।।

कीर्तनावेद संशुध्येद् दर्शनाद् भूतिमाप्स्यति ।
पानावगाहनात्तस्यास्तारयेत् सप्त वैकुलान् ।।
लोकपालास्तु चरन्ति तीर्थख्यातिश्च ततस्वयम् ।
तत्र स्नात्वा दिवंयान्ति मुतास्तेत्वपुनर्भवा ः।।
स्नात्वा स्नात्वा च ये त्र नित्यं समर्चयन्ति माम् ।
उद्धराम्यहमेतात् वैप्रीतः संसारसागरात् ।।
यस्तस्या वारिणा पूर्णमेकञ्च घटमुद्धरेन् ।
स्नापनार्थ मम शुचिः श्रद्दधानोऽनसूयकः ।।
वेददेदाङ्गविदषा श्रोत्रियेण विशेषतः ।
आह्तस्याग्निहोवस्य यत् फलं तस्य तद् भयेत् ।।


त्यहाँ सिद्ध र चारणहरुद्वारा सेवन गरिएको आश्रय हुनेछ, जहाँ शैलेश्वर (पशुपतनाथ) नामक मेरो शरीर स्थित छ । त्यहाँ नदीहरुमा पम पवित्र वाग्मती नदी पर्वतराज हिमालयबाट वगेकी छन् । वेगले युक्तभएकीे भागीरथी पनि (उनै हिमालयबाट) वगेकीछन् र मुनष्यहरुको पापलाई दग्ध गछिन् । वाग्मतीकोनाम लिनाले मात्र पनि पवित्र भइन्छ, दर्शनबाट कल्याण प्राप्त हुन्छ । वाग्मतीको जल पान गर्नाले (आचमन गर्नाले) र स्नान गर्नाले सात कुललाई तार्दछ । लोकपाल पनि त्यहा घुम्छन् र तीर्थको ख्याति स्वयं प्राप्त छ । त्यहा स्नान गर्नेप्राण्ी स्वर्ग जान्छन् त्यहाँ मृत्यु प्राप्त गर्नेप्राणी मोक्ष प्रप्त गर्छन् ।

प्रतिदिन स्नान गरेर जसले मेरो (पशुपतिको) पूजा गर्र्छन्,उ नीहरुसित प्रसन्न भएर उनीहरुलाई म संसाररुपी सागरबाट उद्धार गर्छु । जसले मेरोस्नान गराउनका निमत्त श्रद्धापूर्वक दोषदृष्टि नराखीकन एक घडापूर्ण जल चढाँउँछ, विशष गरेर वेददेदाङ्ग जान्न, वेद पढ्ने व्राह्मणद्वारा चाउँछ भने अगिनहोत्रको आराधना गरेको फल त्यसलाई हुन्छ ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।