वाग्मती सफाइ महाअभियान पाँचौँ वर्षमा

फाइल तस्विर

काठमाडौँ, जेठ ५ । वाग्मती सफाइ महाअभियान आजदेखि चार वर्ष पूरा भई पाँचौँ वर्षमा प्रवेश गरेको छ ।

 

यस अवसरमा शुक्रबार महाअभियानले काठमाडौँ महानगरपालिका–१ नक्सालस्थित नारायणचौरको नन्दिकेशर बगैँचामा सफाइ गरेको छ । सफाइमा वाग्मती सफाइका अग्रज अभियानकर्मी एवम् सामुदयिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको संयोजनमा स्थानीय समुदाय, सामुदयिक प्रहरी सेवा केन्द्र, प्रहरी १ नं गण नक्साल, विशेष फौज वाहिनी महाराजगन्ज, १ नं वडाका नवनिर्वा्चित वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरु राजकुमार श्रेष्ठ, मीना सुनार, रसला तण्डुकार र अशोक श्रेष्ठको समेत उपस्थिति थियो ।

 

नेपाली सेनाका वाहिनीपति बाबुकृष्ण कार्कीसहित ३०० को समूह, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरसहित २०० को समूहलगायत कार्यक्रममा वाग्मती, रुद्रमती र विष्णुमती सफाइका अभियानकर्मीसहित ६०० जनाको सहभागिता थियो ।

 

हाल २१०औँ हप्तासम्म पुगेको महाअभियान २०७० जेठ ५ गते शनिबार नागरिक समुदायको पहलमा मुख्य सचिवको संयोजन तथा सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, निजामती कर्मचारी, सेना, प्रहरी तथा सशस्त्र प्रहरी बल, स्थानीय निकाय, गायत्री परिवार, नेपाल एसजीआई, एस ट्राभल्स, काठमाडौँ इन्जिनियरिङ कलेज, नेपाल विज्ञापन सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, पेसाकर्मी, शिक्षकसमेतको सहभागितामा वाग्मती सफाइ महाअभियानको सुरुवात गरिएको थियो ।

 

महाअभियान हिउँद, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी र थुप्रै अभावका बावजुद निरन्तर रुपमा अगाडि बढेको छ । अहिलेसम्म उपत्यकाका नदीनालामा सात लाख ३० हजार स्वयंसेवकको सहभागी भएका छन् । नदीनालाबाट आठ हजार ३०० मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । वाग्मती किनारमा दायाँबायाँ डेढ दशकदेखि गति लिन नसकेको ढल बिछ्याउने काम यसै अभियानको बलमा अगाडि बढेको छ ।

 

नदीकिनार तथा स्थानीय बासिन्दाको बानीमा परिवर्तन आएको अभियानकर्मी उमेश बोहोराले बताए । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यकाका सबै नदी किनारमा ढल बिछ्याउने र प्रशोधन गर्ने कार्यक्रम सरकारले ल्याएको छ । नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहर फ्याँक्नेलाई कानुनको दायरामा ल्याउन अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

 

अभियानको प्रेरणाबाट गोकर्ण–गुह्येश्वरीखण्डमा स्थानीय समुदायको सहभागिताका साथ पुडासैनीमैत्री समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकलबारी समाजले संयुक्त रुपमा सफाइ सँगसँगै नदी किनारका हजारौँ बिरुवाको समेत संरक्षण गरेका छन् । त्यस्तै तिलगङ्गा, रुद्रमती, विष्णुमती, नक्खुजस्ता नदी किनार र उपत्यका बाहिर करिब २५ जिल्लामा सञ्चालित सफाइ अभियानले स्थानीय समुदायको सहभागिता जुटाउन सफल भएको छ ।

 

अभियानको बलमा सामाजिक योगदानबाटै वाग्मती किनारमा दर्जनौँ बगैँचा, निर्माण भई हजाराँै बिरुवा रोपिएका छन् । अभियानले नयाँ पुस्ताका लागि विस्मृतिमा गइसकेको पूर्वीय सभ्यताको अभिन्न पाटो स्वयंसेवी भावनालाई पुनर्जागृत गरेको छ । महाअभियानले संयुक्त राष्ट्रसङ्घअन्तर्गत ‘युएन ह्याविट्याटको एसियन टाउनस्केप अवार्ड’ पाउन सफल भएको छ ।

 

स्रोतमै वैज्ञानिक व्यवस्थापन नगरीकन नदीनाला सफा हुन सक्दैनन् भन्ने पाठ सफाइका क्रममा सिकिएको महाअभियानले जनाएको छ ।

 

विसं २०७३ फागुन २८ गते शनिबार वाग्मती सफाइ महाअभियानको २००औँ हप्ताको मूल समारोहमा मुख्यसचिव डा सोमलाल सुवेदीले सरसफाइ घोषणापत्र जारी गरेका छन् । यसको कार्यान्वयनपछि स्वच्छ र सुन्दर नेपालको सपना साकार पार्न सहयोग मिल्ने आशा गरिएको छ ।



    Your Comment

    थप समाचार

    अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

    • 18 minutes ago
    अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

    सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    • 24 minutes ago
    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    अर्नाको स्वास्थ्य नाजुक

    • 33 minutes ago
    अर्नाको स्वास्थ्य नाजुक

    चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    जीवनशैली

    कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

    कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

    एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ