हामी कमजोर होइनौँ, कमजोर बनाइएको हो : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको कामका लागि केही दिनअघि दाङ पुगे । पछिल्लो समय मूलधारको राजनीतिमा खासै सक्रिय नदेखिए पनि हरेक गठबन्धनका लागि उनको कुनै न कुनै भुमिका देखिएकै हुन्छ । प्रदेश नं २ मा सम्पन्न स्थानीय तहको चुनावपछि दाङ पुगेका गौतमसँग नेपालीपत्रका दाङ प्रतिनिधि प्रेम राम्जा मगरले लिएको अन्तरवार्ता :

 


प्रदेश नम्बर २ को निर्वाचनमा नेकपा एमालेले अपेक्षा गरेको नतिजा यस्तै थियो ?

प्रदेश नम्बर २ को नतिजा हामीले अपेक्षा गरेको भन्दा पनि ज्यादै कम हो । आठ वटा जिल्लाका १ सय ३६ तहमा हामीले धेरै स्थानीय तहमा जित्ने लक्ष्य लिएका थियौँ । मेहनत पनि राम्रो थियो । तर एमालेलाई प्रदेश नम्बर २ मा कमजोर पार्न खोजियो । हामीलाई कमजोर बनाउन सत्ताको चरम दुरुपयोग गर्दा पनि, साराका सारा शक्ति एमालेको विरुद्धमा उभिँदा पनि २ नम्बर प्रदेशका जनताले माया गरे । विजयी अपेक्षित नभए पनि जनताको मत अपेक्षित आएको छ ।

 

 

कहाँनेर चुक्यो एमाले ?

नेकपा एमाले प्रदेश नम्बर २ का लागि कहीँकतै चुकेको छैन । सत्ता गठबन्धनको तालमेल, मधेशी दलले अप्रत्यक्ष रुपमा तालमेल गर्नु र नेकपा एमालेले विजयी निश्चित भएका स्थानीय तहमा घेराबन्दी हुँदा एमाले पछाडि परेको मात्रै हो । एमालेप्रति प्रदेश नम्बर २ का जनताले माया गरेकै छन् ।

 

यसैमा हामी सन्तुष्ट छौँ, हामीले बुझेका छौँ त्यहाँ हामीलाई कमजोर पारिएको छ । यसले हामीलाई तत्काललाई राजनीतिक रुपमा घाटा भए पनि दीर्घकालीन रुपमा फाइदा पुग्ने अनुमान गरेका छौँ । उनीहरुको गठबन्धन कहिलेसम्म हो भन्ने हो ।

 

 

एमालेको केन्द्रीय कमिटी बैठकले संघ र प्रदेशको निर्वाचनपछि एमालेकै नेतृत्वमा सरकार गठनको संकल्प गरेको छ । सम्भावना छ त ?

अहिले पनि नेकपा एमालेको पक्षमा जनमत छ । नेकपा एमालेलाई कमजोर बनाउन देशी–विदेशी शक्तिहरु अहिले पनि सक्रिय छन् । त्यसको ज्वलन्त उदाहरण प्रदेश नम्बर २ को निर्वाचनलाई लिँदा पनि फरक पर्दैन । हामी कमजोर होइनौँ । हामीलाई कमजोर पारिएको हो ।


हाम्रो भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले पनि मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन पश्चात सरकारको नेतृत्व गर्छौँ त्यसको संकल्प हामीले लिएका छौँ । त्यसका लागि हामीले सबै कार्यकर्तालाई फिल्डमा खटाउने पनि निर्णय गरेका छौँ । सबै कार्यकर्ताहरु संघ र प्रदेशको निर्वाचन सम्पन्न नहुँदासम्म घर बस्न पाउँदैनन् ।

 

देशलाई माया गर्ने, गरिब विपन्नलाई माया गर्ने, देशको समृद्धि चाहाने, देशको सधैँ परिवर्तन चाहने पार्टी एमाले भएकै कारण हाम्रो नेतृत्वमा संघ र प्रदेशका सरकार गठन हुन्छ । त्यसका लागि हामीलाई नेपाली जनताले मत दिन्छन् हामी ढुक्क छौँ ।

 

 

एमालेमा प्रवेश गर्नेहरुको लर्को त लागिरहेको छ, उनीहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

हाम्रो पार्टीमा अहिले पनि ४ लाख भन्दा बढी पार्टी सदस्यहरु क्रियाशिल छन् । ४ लाख पार्टी सदस्यलाई जिम्मेवारी दिएका छौँ । दिएको जिम्मेवारी सबैले पूरा गरेका छन् । त्यसैले हाम्रो पार्टीमा भोली १० लाख कार्यकर्ता भए पनि उनीहरुलाई व्यवस्थापन गर्न हामी सक्षम छौँ । पार्टी प्रवेश गर्नेलाई हामीले व्यवस्थापन गर्ने गरी प्रवेश गराएका छौँ । उहाँहरुलाई उचित जिम्मेवारी पनि दिन्छौँ ।

 

 

आश्वासन पनि केही बाँड्नुभएको होला नी ।

कसैलाई केही आश्वासन बाँडेका छैनौँ । पार्टीले आवश्यकता देख्यो भने सबैलाई निम्मेवारी दिन्छ । अगाडि र पछाडि भन्ने केही सुत्र लागु हुँदैन । जसको जुन क्षमता छ त्यही अनुरुप जिम्मेवारी हामी दिन्छौँ । कसैलाई केही आश्वासन बाँड्न आवश्यक छैन । क्षमता भएका व्यक्तिहरु मात्रै एमालेमा प्रवेश गरेका छन् । तालिम अन्त गरे पनि अन्त सिकेको सीपलाई एमाले मार्फत् देश विकासमा लाग्ने संकल्प गर्नुभएको छ ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।