‘गुरुयोजनासहित दंगीशरणको विकासले गति लिन्छ’

प्रदेश नम्बर १, ३, ५ र ७ मा अहिले धमाधम गाउँसभा निर्माण भइरहेको छ । तर, काम कसरी गर्ने भन्ने विषयले अन्यौल थपेको छ । यसैक्रममा दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा भागीराम चौधरी निर्वाचित भएपछि उनले स्थानीय तहमा काम कसरी गरिरहेका छन् भनेर पत्रकार प्रेमबहादुर राम्जाले कुराकानी गरेका छन् ।

 

योजना छनैट र गाउँसभाका लागि गाउँपालिकाले के तयारी गरिरहेको छ ?

 

हाम्रो पहिलो बैठक सम्पन्न भएको छ । पहिलो बैठक मार्फत् विभिन्न समितिहरु गठन भएका छन् । पहिलो बैठकले केही विधीगत, नीतिगत अस्वस्थ्यता हटाउन र स्थानीय विकास मन्त्रालयका निर्देशनमा रहेर विभिन्न समिति गठन भएका छन् । जसले स्थानीय तहको विकास गर्न सहज हुने अपेक्षा गरिएको छ ।

 

बैठकले राजश्व परामर्श समिति गठन गरेको छ । जसले दंगीशरण गाउँपालिकाको बजेट कति हो भनेर त्यसको लेखाजोखा गर्ने गरी काम गरीरहेको छ । यस्तै बजेट मार्ग निर्देशन र बजेट निर्धारण समिति गठन गरेको छ । जसले बजेट निर्माण र निर्धारण गर्ने काम गरीरहेको छ । उक्त समितिले कुन वडामा कति बजेट उपलब्ध गराउने र कुन योजना कुन वडामा गर्ने भन्ने विषयलाई प्रस्ताव गर्ने अधिकार रहेको छ ।

 

त्यही समितिको समन्वयमा अहिले गाउँपालिकामा वडास्तरबाट योजना छनौट भइरहेका छन् । बैठकले योजना अनुमान समिति, योजना तर्जुमा समिति, बजेट अनुमान समिति र बजेट मापदण्ड समिति तथा विधायक समिति गठन गरेको छ । जुन समितिहरु अहिले सक्रिय भएर काम गरीरहेका छन् ।

 

सरकारको परिकल्पना अनुसार स्थानीय तहमा काम गर्न कति सजिलो छ ?


अधिकारको हिसावले स्थानीय तह बलिया छन् । कार्यपालिका, विधायिका र न्यायपालिकाको विषयमा काम गर्न पाउने भएकाले स्थानीय तह बलिया भएका हुन् । अहिले सबै निती नियमहरु स्थानीय तहमा आइ नपुगेको अवस्था छ । यस्तो अवस्थामा केन्द्रीय र प्रदेशको कानुनसंग नबाझीने गरी स्थानीय तहले काम गरीरहेका छन् र दंगीशरणले पनि त्यही गरीरहेको छ ।

 

विकास, शान्तिसुरक्षा र प्रशासनिक कामका सवालमा स्थानीय तह अधिकार सम्पन्न छन् । जनताको सहभागीतामा साच्चीकै सुशासनका ्िपक्षमा काम गर्ने अधिकार स्थानीय तह भएका छन् । संसदमा केही विधेयकहरु पास हुने क्रममा छन् । विधेयक पारित नभएको अवस्थामा स्थानीय तहले निर्देशनको भरमा काम गर्नुपर्ने अवस्था रहेको छ । तत्काललाई गाउँपालिकाले पनि ऐन नियमावली निर्माण गरी काम गरीरहेका छन् ।

 

दंगीशरणमा राजश्व संकलन हुने स्रोत के हो ?


साविकका गाविसहरु श्रीगाउँ, हेकुली र गोल्टाकुरीले प्रतिबर्ष अनुमानित २५—३० लाखसम्म राजश्व संकलन गरेको पाईन्छ । कर्मचारीले जोखिम मोल्न नमानेर धेरै राजश्व संकलन नगरेको पाईन्छ । हामी जनप्रतिनीधिले तत्काल करको दायरा बढाउन सक्ने अवस्था छैन । तर पनि स्थानीय तहको विकासका लागि स्रोतको खोजी भने भइरहेको छ ।

 

जनताका आँकाक्षाहरु धेरै छन् । हामीहरु राजश्वका क्षेत्रहरु बढाउने तयारीमा रहेका छौँ । विकासका लागि क्षेत्रको खोजी हुनु जरु्री पनि छ । तत्काललाई हामीहरु राजश्वको दायरा बढाउने पक्षमा भने छैनौँ । क्रमसंगै हरेक बर्ष राजश्वको दायरा पनि बढाउन आवश्यक छ । नत्र केन्द्रको बजेटले मात्रै विकास सम्भव छैन ।

 

भुगोलले दंगीशरणको विकासमा कति असर पार्छ ?


साविकका श्रीगाउँ र हेकुलीमा विकास निर्माणका कार्य गर्न समस्या छैन । तर, गोल्टाकुरीका केही बस्तीमा विकासको मुल फुटाउन अलि समस्या छ । गोल्टाकुरीका बाँकी, फुर्केसल्लीलगायतका बस्तीमा विकास गर्न जरुरी छ । सबैभन्दा पहिले ती बस्तीमा सडक यातायात पु¥याउन आवश्यक छ । त्यसका लागि पहिलो गाउँसभाले सडक यातायात पु¥याउन निर्णय गर्छ ।

 

सबै वडालाई एक बर्षमा सडक यातायात जोड्न सक्ने अवस्था छ ?


एक बर्षमा दंगीशरणका सबै वडामा सडक यातायातको पहुँचमा पु¥याउन सकिन्छ । विज्ञ समुह गठन गरेर हामी विकासका कार्यक्रम ल्याउने प्रयासमा छौँ । दंगीशरणको विकासका लागि हामीहरु गुरुयोजना निर्माण गर्ने योजना बनाएका छौँ । संक्रमणकालीन अवस्थामा काम गर्न साह्रै समस्या रहेको छ ।

 

तर, पनि सबैको भावनालाई समेटेर काम गर्ने प्रयासमा छौँ । सडक सञ्जाल मात्रै नभएर सबै विकासका कामलाई समेट्ने प्रयासमा छौँ । साना खानेपानीका योजना निर्माण तथा सिचाईका कार्यक्रमलाई पनि प्राथमिकता दिने छौँ । गाउँपालिकाले फरक तरिकाले विकासका योजना ल्याउँछ ।

 

बबईमा पक्की पुल कहिले निर्माण हुन्छ ?


हेकुली र गोल्टाकुरीको बीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माणका लागि प्रक्रिया अगाडी बढेको छ । जसले हेकुली र गोल्टाकुरीका जनतालाई बबई नदी पार गर्न सहज हुने छ । त्यसका लागि मेरो दवाव पनि जारी छ । पुल निर्माण प्रक्रियाका बारेमा गाउँसभाले पनि दवाव दिने काम गर्नेछ ।

 

जनतालाई उत्साह दिने प्रकारका काम तपाईका के छन् ?


प्रत्येक टोल बस्तीमा सडक सञ्जाल पुग्छ । मुख्य र सहायक सडकमा कालोपत्रे हुन्छ । सबै बस्तीमा खानेपानीको ब्यबस्था गरिने छ । डिपबोरिङ निर्माण हुन्छन् । बबई नदी मार्फत् लिफ्ट परियोजना निर्माण गरिनेछ । पानी बैंक निर्माण गरिनेछ । जसले सुख्खा जमिनमा सिचाई हुनेछ । माछा पालन पनि हुनेछ ।

 

सरकारले स्थानीय तहका अधिकार कटौती गर्दैछ भन्ने हल्ला छ नि ?


शक्तिका लागि सबैको लडाई हुन्छ । अधिकार सकभर आफैसंग राख्ने योजना सबैको हुन्छ । अहिले स्थानीय तह, प्रदेश र केन्द्रसंग पनि त्यही लडाई हो । यदि स्थानीय तहका अधिकार कटौती भएमा जनता र हामी सबैले खबरदारी गर्न जरुरी छ । केन्द्रबाट श्रोतको बाडफाडका विषयमा पनि विवाद भइरहेको छ ।

 

स्थानीय तहबाट संकलन हुने राजश्वका विषयमा पनि विवाद सुरु भएको छ । स्थानीय तहमा संकलन भएको राजश्व प्रदेश र केन्द्रीय सरकारलाई बुझाउन हामी तयार छैनौँ । स्थानीय तहमा संकलन हुने राजश्व स्थानीय तहकै लागि हो । केन्द्रले अन्य कुनै श्रोतको खोजी गरेमा राम्रो होला ।

 

दंगीशरणमा एक बर्षमा के परिवर्तन हुन्छ ?


दंगीशरणमा काम गर्ने शैली परिवर्तन हुन्छ । पारदर्शी रुपमा काम हुन्छ । ६ महिनाभित्रमा दंगीशरणको विकास कसरी गर्ने भनेर गुरुयोजना निर्माण हुन्छ । विज्ञ समुह गठन गरी उक्त समुहले नै अध्ययन गरेर मात्रै गुरुयोजना निर्माण गर्छ । दंगीशरणमा काम गर्ने योजनाको बाटो तयार भएमा काम त्यही आधारमा हुन्छ । प्राकृतिक श्रोतको अधिकतम प्रयोग गरी स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातक्षेत्रमा धेरै परिवर्तन हुन्छ ।



Your Comment

थप समाचार

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

  • 7 minutes ago
मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

  • 1 hour ago
स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

  • 3 hours ago
 यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


Loading...

भिडियो

hamropatro

नेपाल

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

जीवनशैली

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

विचित्र विश्व

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।