विवेकशिल साझा पार्टीले गोरखाका दुबै क्षेत्रमा उठायो उम्मेदवार

 

गोरखा, कात्तिक ५ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि विशेकशिल साझा पार्टीले गोरखामा पनि उम्मेदवारी घोषणा गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट अमृत पुडासैनी र २ बाट नवराज थापा उम्मेदवार बन्ने निश्चित भएको बताइएको छ ।

 

गोरखामा नेपाली काँग्रेस–नयाँ शक्ति र नेकपा एमाले–माओवादी केन्द्रबीच चुनावी तालमेल भइरहेको बेला विवेकशिल साझाले समेत आफ्नो उम्मेदवारी घोषणा गरेको हो । विवेकशिल साझाले भने कुनै पार्टीसँग तालमेल नगरी एकल उम्मेदवार उभ्याएको हो ।

 

गोरखा १ मा विवेकशिल साझाका तर्फबाट अमृत पुडासैनीले नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरी अधिकारीसँग प्रतिस्पर्धा गर्नेछन् भने गोरखा २ मा नेपाली काँग्रेस र नयाँ शक्ति नेपालका साझा उम्मेदवार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी एमाले गठबन्धनबाट माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग नवराज थापा प्रतिस्पर्धामा उत्रेका छन् ।

 

युवा नेतृत्व, दूरदर्शिता र ईमान्दारिताको लागि उम्मेदवारी दिएको गोरखा २ का उम्मेदवार नवराज थापाले भनेका छन् । आफ्नो उम्मेदवारी अरुका बिरुद्ध नभई जनताको पक्षका निम्ति भएको थापाको भनाइ छ ।

 

यस्तै गोरखा १ का उम्मेदवार अमृत पुडासैनीले भने भ्रष्टाचार, कुसंस्कृति र माफियातन्त्रको बिरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् । इमान्दारी, उद्यमशील र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 13 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 51 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 54 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।