बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

  • सोमबार, ४ मंसिर, २०७४
  • 3 weeks ago
  • युके

लन्डन । नेपाली लोक दोहोरी क्षेत्रकी सर्वाधिक लोकप्रिय गायिका बिमाकुमारी दुरा बेलायत आउने भएकी छिन् ।

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवका लागि बेलायत आउन लागेकी गायिका दुरा यही नोभेम्बर २२ तारिख बुधवार बिहान लन्डन आइपुग्ने कार्यक्रम छ ।

 

आउँदो शनिबार नोभेम्बर २५ मा अल्डर्सटको एम्पायर हलमा आयोजना हुने समाजको वार्षिकोत्सव कार्यक्रममा प्रस्तुती गर्न गायिका दुरासंगै गायक धन गुरुङ, गायिका मन्जु विक र नायिका अश्मी गुरुङ पनि बेलायत आउंदैछन् ।

 

नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा सर्वोच्च ख्याती कमाउन सफल गायिका दुरा पहिलोपटक बेलायत आउन लागेकी हुन् ।


गायिका दुरासहितका कलाकारको प्रस्तुतिमा डिसेम्बर ३ तारिख फार्नबरो , ९ तारिख डोभर र १७ तारिख लन्डनमा सांस्कृतिक कार्यक्रम 'मर्स्याङ्दी साँझ' आयोजना गरिदैछ ।

 

लमजुङ समाज यूकेका अध्यक्ष बोहत गुरुङका अनुसार गायिका दुरा र अन्य कलाकारहरु आउंदो जनवरी १० सम्म बेलायतमै रहनेछन् ।

 

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवमा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदी, समाजका संरक्षक प्रा डा सुर्य सुबेदी लगायतका विशिष्ट अतिथी सहभागी हुदैछन् ।


उक्त अवसरमा १० वर्षसम्म समाजमा योगदान गर्ने तथा विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने र विभिन्न शैक्षिक योग्यता पूरा गर्ने समाजका सदस्यहरुलाई सम्मान गरिने पनि कार्यक्रम छ ।


१० औं वार्षिकोत्सव कार्यक्रमको आयोजनाका लागि समाजले वरिष्ठ उपाध्यक्ष विश्वजङ गुरुङलाई संयोजक खटाएको छ ।


कार्यक्रम्मा सहभागीहरुलाई प्रवेश शुल्कस्वरुप १५ पाउन्ड तथा बालबालिकालाई १० पाउन्ड लाग्ने बताइएको छ ।



    Your Comment

    थप समाचार

    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    • 1 hour ago
    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    • 5 hours ago
    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    • 5 hours ago
    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

    जीवनशैली

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

    विचित्र विश्व

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।