विमलको पत्रप्रति स्वागत नेपालको प्रतिक्रियाः पत्रकारको पसिना चुस्नेलाई कहिलेसम्म छुट दिन्छौ सरकार ?

  • बुधबार, २८ भदौ, २०७४
  • 4 months ago
  • बिचार

काठमाडौं, भदौ २८ । पत्रकार विमल नेपालले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको एउटा भिडियो क्रमशः भाइरल बन्दै गएको छ । ‘बालाई पीडापत्रः कुन मुख लिएर दसैंमा घर आऊँ ?’ शीर्षकको उक्त भिडियोप्रति प्रतिक्रिया दिँदै अर्का पत्रकार एवम् अधिवक्ता स्वागत नेपालले ‘विमलको पीडा निजी नभएर समग्र देशकै पीडाको प्रतिनिधित्व भएको’ प्रतिक्रिया दिएका छन् ।

 

एकपटक विमलको पीडापत्र सुन्नुहोस्

 

अनि, पत्रकार तथा अधिवक्त स्वागत नेपालले दिएको आक्रोशमिश्रित प्रतिक्रिया यस्तो छः

 

प्रिय भाइ विमल,


अत्यन्तै मार्मिक । मर्म छ, पीडा छ, र यससँगै अरु केही सत्यहरु छन् । त्यस्तो अवस्थाबाट यस शहरमा आएर हाम्राजस्तै कयौं बाआमाका पाहाडजत्रा आकांक्षाहरु बिर्सिएर मिस नेपालका तिघ्राहरु नापेर रात्रिकालीन ठमेल जीवनको रिपोर्टिंग लेख्दालेख्दै आफू भने कहिले चुरोट र चियाको भरमा मात्र भोकभोकै र कहिले धेरै समयको एकै पटक ट्वाक्क परेको अति चिल्लो पीरो प्रेस रिसिप्सनका ठोस तरल खाँदै देशको जिम्मेवारी बोकेर खास जिम्मेवारी वहन नपाउँदै अधिकांश मिर्गौला रोगबाट पीडित र ग्याष्ट्रिक पीडित पत्रकार बन्नु पर्ने अवस्थामा कसले पुर्यायो ?


एउटा लिडिंग राष्ट्रिय दैनिक पत्रिकाबाट कति त्यस्तै अरु राष्ट्रिय दैनिक, रेडियो टिभी पत्रिका अनलाइन बन्ने नाफा सहित अरर्बौंको अंशबण्डा लिएर मिडियाका साहुहरु फुटेर नयाँ नयाँ सञ्चारगृह बने ? तर त्यहीँ त्यतिबेलादेखि काम गर्ने पत्रकारहरुको अवस्था के छ ?


पत्रिकाका मालिक अरबौं अंशबण्डा गर्ने गरी फुटेर आफ्नो भाग लिँदा तिनलाई त्यही अवस्थामा पुर्याउने पत्रकारको चाहिँ किन बाआमाका ससाना सपना पनि पूरा हुँदैनन् ? कलिलो उमेरदेखि नै समाज र देशको लागि केही गर्छु भन्ने पत्रकारको जवानी भरको रगत, पसिना आँसु र वीर्य (वीरता) खानेहरु को हुन् ?


त्यतिमात्र खाएर नपुगी कसरी विदेशीका हण्डि समेत ती मिडियामालिकहरुले खाइ रहेकाछन् र देशको लागि केही गर्छु भनेर लागे पनि त्यो लगाव माटोमा विलाएर गइरहेको छ । अनि, मिडियाले विदेशी राजदूतका एक दुई बिटा विज्ञापनका लोभमा मिडिया मालिकका सन्तानलाई छात्रवृत्तिमा श्रमजीवी पत्रकारको बलिदानीलाई साटिरहेका छन् । हामी यहाँ यसो भनिरहँदा हाम्रा अरु दाजुहरुलाई आज विवाह गरेर भोलि नै विदेशी भूमिमा श्रम गर्न जान बाध्य बनाउने, आफूले विवाह गरेकी श्रीमतिसँग सुत्न समेत नदिने आफ्नो श्रीमान विवाह हुने बित्तिकै सँगै केही महिना पनि समय बिताउन नदिने को हुन् ?


अनि आफ्नी भर्खर विवाह गरेकी श्रीमतीसँग जसले सुत्न दिएन र युवालाई विदेश बेच्ने नीति नै बनाएर वैदेशिक रोजगार प्रबद्र्धन केन्द्र नै खोलेर देशलाई युवा वेच्ने बजार बनाए तिनैलाई फेरि विदेशमा बसेर चुनाव खर्च पठाउने हामी हाम्रा दाजु भाइ पनि कसरी सोचिरहेका छौँ ? जबसम्म यो देशमा दुई दलीय व्यवस्था हुँदैन तबसम्म यस्तो अवस्था रहिरन्छ ।


विदेशीको लागानीमा र मिसनमा पढेकाहरुले नेपालमा आएर पार्टी खोलिरहन्छन् । केवल दुई दलीयतमा जानुको विकल्प छैन । देशभर यो विचारको लहरका साथ अभियान चलेको छ । एक पटक यो अवस्थाबाट मुक्तिका लागि हामी युवाले नै सोच्ने मात्र कामै गर्ने बेला भएको छ ।


यो अभियानका लागि जुन समूह बनेको छ त्यसमा बसेर छलफल गर्नु छ । म खबर गर्ने छु । बाँकी कुरा यो भिडियो साहित्यिक मात्र नभएर, मनोरञ्जनका लागि मात्र नभएर साँच्चै साहित्य बस्तुगत अर्थका लागि समेत हो भने निरासाको बेजोड प्रस्तुतिले बाँकी निरासहरुलाई पनि जाग्न,उठ्न शक्ति दिन्छ ।


माथि केही साथीहरुले सकारात्मक हुनु पर्यो भन्ने सुझाव दिनु भएकोमा मेरो विमति छ । सबै कुरामा सकारात्मक बन्यो भने विद्रोह जन्मँदैन । अनावश्यक सकारात्मकताले स्वत्वको अन्त्य हुन्छ । नकारात्मक पक्षको प्रस्तुतिले शक्ति दिन्छ लड्नका लागि यो प्रस्तुति त्यस्तै शक्ति बनेको छ ।



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 9 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।