गगन थापालाई बम हान्ने विप्लवका ६ कार्यकर्ता पेस्तोलसहित पक्राउ

  • बिहीबार, २१ मंसिर, २०७४
  • 1 week ago
  • नेपाल

काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने व्यक्ति नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का कार्यकर्ता रहेको खुलासा भएको छ ।

 

प्रहरीले निर्वाचनकै दिन बम प्रहार गर्ने ६ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ ।

 

पक्राउ पर्ने समुहका नाइके गोलेकै नेतृत्वमा काठमाडौंमा अन्य पनि निर्वाचन विरोधी घटना भएको प्रहरीको दाबी छ । गगन थापामाथि आक्रमण गर्ने समूह पनि गोलेकै नेतृत्वमा रहेको बताइएको छ ।

 

गत सोमबार काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला उनलाई लक्षित गरी काठमाडौंको चपलीमा बम विस्फोट गराइएको थियो ।

 

विस्फोटको क्रममा उनीसहित ११ जना घाइते भएका थिए । उक्त घटनालाई पछ्याइरहेको प्रहरी टोलीले बिहीबार निर्वाचनकै दिन तीन जनाको कोठाबाट बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको छ ।

 

नेकपा विप्लव समूहका कार्यकर्ताहरु पछिल्लो समय निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहँदैआएका छन् । शिर्ष नेताहरु लगायत थुप्रै कार्यकर्ता भुमिगत शैलीमा आफ्ना गतिविधि संचालन गर्दैआएका छन् ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।