यस्तो छ आँखामुनि कालो धब्बा हुनको कारण

कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् ।

 

दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ ।

 

अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन् । तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ ।

 

अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ । कफीले आँखाको नरम छालाको पानी विस्तारै सोसिदिन्छ र छाला कालो हुन्छ । यदि तपाईँ एसी वा ताप दिने कोठामा हुनुहुन्छ भने त यसको असर सिधै आँखाँ मुनिको भागमा पर्न जान्छ । तपार्इँ थकित हुँदा पनि यस्तो कालो धब्बा र रेखा देखिन्छ । ‘जब थाक्नुभएको छ वा कमप्युटरमा बढी समय बस्नुहुन्छ वा धुलो र धूवाँ निस्कने ठाउँमा हुनुहुन्छ भने यसले तपाईँको आँखाको छालामा चिल्चिल्याउँछ ।

 

तपाईँ बिस्तारै आँखालाई रगेट्न वा घोट्न थाल्नुहुन्छ । अनि आँखा धब्बा र रेखा देखिन्छ,’ उनी भन्छिन् । तपाईँलाई राम्रोसँग निद पुगेको छैन भने पनि यस्तो समस्या आउन सक्छ । ‘अनिदै बस्दा तपार्इँको छाला खराब देखिन्छ ।

 

कालो धब्बाले आखालाई कुरुप नै बनाउँछ,’ उनी थप्छिन् । तर, कतिपय धब्बा भने वंशाणुगत कारण पनि हुन सक्छन् । त्यसैगरी उमेर छिप्पिदै जाँदा वा पाको भएपछि पनि यस्तो समस्या देखिन्छ ।

 

बुढेसकालमा आँखाको वरपर रहेका कोमल तन्तुहरु खुकुलो हुने र चिल्लोपन बिस्तारै हराउन थालेपछि पनि यस्तो धब्बा देखिन्छ । ‘बृद्धा अवस्थामा आखाँमुनिको भित्री भाग खोक्रो हुदै जान्छ, तसर्थ आँखामा प्रकाश आर्वतन हुदैन जसका कारण कालो छायाँको असर देखिन्छ,’ उनी भन्छिन् ।



Your Comment

थप समाचार

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

  • 9 hours ago
काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • 9 hours ago
राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

क्यानवेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

  • 9 hours ago
ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

लण्डन । संसारभर रहेका गोर्खा गोर्खालीहरुलाई संगठित गर्दै गठन भएको ग्लोबल गोर्खा समाज नेटवर्कले गृहजिल्ला गोर्खा पुगेर आफ्नो पहिलो अधिवेसन गर्ने भएको छ ।


Loading...

भिडियो

hamropatro


नेपाल

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

जीवनशैली

अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

 अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

काठमाडौ, असार १३ । अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’

विचित्र विश्व

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

एजेनसी–विश्वमा केही यस्ता राष्ट्रहरु रहेका जुन खानाका लागि चर्चीत रहेका छन् । तर, कतिपय देशमा यस्ता खानाहरु खाने गर्छन् तपाईलाई आश्चर्य लाग्न सक्छ । तपाई विश्वास पनि गर्न सक्नुहुन्न कि यस्तो खाना पनि खान सक्छन् ।