बब मार्लीको त्यो युद्धबिरोधी गीत,जसले संसार हल्लायो (भिडियोसहित)

‘संगीतको एउटा राम्रो पक्ष, जब यसले हान्छ, तब कुनै पिडा हुँदैन ।’ विश्वचर्चित गायक तथा संगीतकर्मी बबमार्लीको यो भनाइ आज पनि उत्तिकै चर्चित र सान्दर्भिक छ ।

 

जीवनभर समानताका लागि गीत गाएका मार्लीको जीवन ३६ बर्षअघि समाप्त भयो । यद्यपी विश्वका शक्ति राष्ट्रहरु आपसी लडाईँ र खिचातानीमा तल्लिन भइरहँदा उनका युद्धबिरोधी गीत अझै सान्दर्भिक छन् ।

 

बब मार्ली गायक त थिए नै सँगै उनी उच्चतम समाज वोधले भरिएका क्रान्तिकारी र ‘एक्टिभिस्ट’ पनि थिए ।

 

रंगभेद र गरिबीमा पिल्सिएका मानिसहरुका लागि समानताका उनी आफैँ गीत लेख्थे र गाउँथे । रंगभेदका ठूला वर्ग र साना वर्ग हटाइनुपर्छ भन्नेमा मार्ली सधैँ अडिग रहे । रंगभेदप्रति उनको चरम असहमति गीतमा पोख्थे ।

 

सन् १९४५मा हंगेरीमा जन्मिएका बब मार्लीको खास नाम भने नेष्टा रोबर्ट मार्ली हो । तर, उनलाई बब मार्ली भनेरै विश्वभरी चिनियो ।

 

विश्वमा तत्कालिन समयमा फैलिएको रंगभेद र युद्धको बिरोधमा उनले थुप्रै गीत गाए । त्यही क्रममा उनले गाएको एउटा युद्धबिरोधी गीत,‘वार’ अझै विश्वका कुनाकुनामा लोकप्रीय मानिन्छ ।उनको आफ्नो समयको र अहिले पनिसिंगो संसारलाई प्रतिनिधित्व गर्ने गीत हो ‘वार’ ।

 

यो एउटा यस्तो गीत हो, जसले विश्वभरका मानिसहरुको आँखा खोलिदिएको थियो । गीतमा रंगभेदका कारण परेको प्रभावबारे बुझाउन खोजिएको छ ।


जबसम्म रंगभेद रहन्छ तबसम्म घृणा रहन्छ, द्वन्द्वचलि नै रहन्छ । त्यसकै कारण युद्ध हुन्छ । रंगभेद मानिसले मानिसलाई दबाउनका लागि बनाएको एउटा बाटो हो,जुन यथार्थमा हेर्ने हो भने विभिन्न रुपमा रहेका संसारका सबै समान छन् ।

 

कसैले पनि आँफू पूर्ण छु भनेर गलत ब्यवहार गर्नुहुँदैन वा उनीहरुले आफ्नो अधिकार भएको भन्नु पनि गलत नै हो भन्ने मार्लीको तर्क छ ।

 

युद्धको उपाय भनेकै समानता हो भन्ने उनको बलियो तर्क थियो । बब मार्ली भन्थे, ‘जबसम्म आधारभुत मानवअधिकार समान रुपमा सुनिश्चित हुँदैन तबसम्म युद्ध चलिनै रहनेछ । अफ्रिकन महादेशमा शान्ति छाउने छैन । हामी अफ्रिकीहरु लडीनै रहनेछौं, हामीलाई थाहा छ हामीले जित्नेछौँ, जित प्रति हामी दृढ छौँ ।’

 

उनका गीतमा हरेक पक्षमा समानता हुनुपर्ने अभिव्यक्तिहरु छचल्किएका हुन्छन् । कोही पनि मानिस धेरै–थोरै सम्मानका लायक छैनन् सबै समान सम्मानका लायक हुन् भन्थे उनी ।

 

००


मार्लीले गाएको ‘वार’ त्यस्तै असमानता बिरुद्धको खरो स्वर हो । जहाँ उनी भन्छन्,‘जबसम्म हाम्रा बेखुसी भाइहरुले एंगोला, मोजोम्बिक साउथ एफ्रिकन सब–ह्युमनमा आधिपत्य जमाएर बस्छन् तबसम्म युद्ध सकिने छैन । चारै दिशामा युद्धको शंखगुज्जिनै रहनेछ ।’


‘विश्वका हरेक कुनामा युद्धमात्र हुनेछन् जसले मानवजातिलाई शान्तभएर बाँच्न दिने छैन । यदी एकअर्काले सबैलाई मद्दत गर्ने हो भने युद्ध हुनेछैन । युद्धले कुनै पनि समस्याको हलदिने छैन,’यही आशय छ यहाँ ।

 

बब मार्लीकाअनुसार युद्ध भनेको दुई देशबिच जमिनकालागि मात्र हुने गर्दैन, रंगभेदकालागि पनि युद्ध भइरहेको छ ।

भिडियाेः

(एजेन्सीहरुको सहयोगमा)



Your Comment

थप समाचार

अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

  • 18 minutes ago
अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

  • 24 minutes ago
त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

अर्नाको स्वास्थ्य नाजुक

  • 33 minutes ago
अर्नाको स्वास्थ्य नाजुक

चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ