विमानस्थलमा बम विस्फोट गराउनेलाई आठ वर्षको जेल सजाय

साङ्घाई, ६ फागुन । गत वर्ष साङ्घाई अन्तरराष्ट्रिय विमानस्थलमा एउटा गृहनिर्मित बम विस्फोट गराउने एक जना चिनियाँलाई स्थानीय एक अदालतले आठ बर्षको जेल सजाय सुनाएको छ ।

 

झाओ सिङ्गबाई नामक २९ वर्षीय ती अपराधिले गत वर्षको जुन १२ मा बियरको सिसिभित्र पटाका लगायत अन्य बिस्फोटक पदार्थ भरेर गृहनिर्मित एउटा बम साङ्घाइको पुदोङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा विस्फोट गराउँदा तीन व्यक्ति घाइते भएका थिए ।

 

झाओ त्यस बखत ब्यक्तिगत तथा यौन रोगको तनावले विक्षिप्त अवस्थामा रहेको समेत सो अदालतद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

 

विमानस्थल भित्र वरीपरी जम्मा भएका भीडको माझमा झाओले तीनवटा बम हु¥र्याएको र पक्राउ परिएला भन्ने त्रासले भाग्दाभाग्दै छुराले आफ्नै घाँटी रोपी आत्महत्या गर्ने प्रयास गरेको थियो ।

 

हु¥र्याएको तीनवटामध्ये दुइवटा तत्कालै विस्फोट भइ तीन जना सख्त र अन्य दर्जनौँ ब्यक्ति घाइते हुनुका साथै थुप्रै हवाई उडान बिलम्ब एवम् कतिपय रद्दसमेत भएका अदालतको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

सन् २०१३ मा, चीनकै बेइजिङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्वीलचेयरमा बसेको एकजना मानिसले यसै गरी गृहनिर्मित बम बिस्फोट गराउँदा छ वर्षको कारावासको सजायँ पाएको थियो । रासस/एएफपी



Your Comment

थप समाचार

भुकम्पपीडितको घर बनाउन नेपाल जाँदै ३० अष्ट्रेलियन, के–के गर्छन् ७ दिन

  • 42 seconds ago
भुकम्पपीडितको घर बनाउन नेपाल जाँदै ३० अष्ट्रेलियन, के–के गर्छन् ७ दिन

सिड्नी । २ हजार ७१ सालको भूकम्पपीडतको घर बनाउन तीस अष्ट्रेलियन नेपाल जाने भएका छन् ।

ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

  • 3 minutes ago
ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं, फागुन ६ । सरकारीनिवास बालुवाटार सर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपहरान्ह चार बजे बालुवाटार सर्ने योजना बनाएका ओलीले त

युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु !

  • 3 minutes ago
युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु !

एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु


Loading...

भिडियो

hamropatro

नेपाल

“हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

“हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताए ।

जीवनशैली

दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।