प्रहरीकै संरक्षणमा बुथ कब्जा, कांग्रेस–माओवादीले यसरी हालेका थिए एक छापे भोट (भिडियो सहित)

  • शुक्रबार, ५ जेष्ठ, २०७४
  • 6 months ago
  • नेपाल

 काठमाडौं, जेठ ५ । दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले बुथ कब्जा गरेका थिए ।

 

मतदानस्थलबाट सबै मतदातालाई लखेटेर कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले एक छापे भोट हालेको भिडियो सार्वजनिक भएको छ । वैत्यश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

 

भिडियोमा देखिए अनुसार, मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले मतदाताको नभई बुथ कब्जा गर्ने कार्यकर्तालाई सुरक्षा दिएको देखिन्छ ।

 

बैतेश्वर गाँउपालिका–१ को बिष्णु प्रावि गैरीमुदी र वडा नम्बर २ को जनज्योती मावि गैरीमुदीमा कांग्रेस र माओवादीले बुथ कब्जा गरी एमालेका उम्मेदवार, प्रतिनिधि र कार्यकर्तालाई लखेटेर एकलौटी मत हालेका थिए ।

 

भिडियोमा देखिएअनुसार, एक जनाले मतपत्रमा एकलौटी छाप लगाउने र अर्कोले पट्टयाएर मत पेटिकामा हाल्ने गरेको देखिन्छ । केही युवाहरु भने हातमा बाँसको भाटा लिएर विपक्षिहरुलाई लखेट्न व्यस्त छन तर, प्रहरी भने एकलौटी रुपमा मत हालिरहेका युवालाई सुरक्षा दिइरहेको देखिन्छ । ‘मत रद्ध होला है केटा हो रद्ध होला । रद्ध नहुनेगरी हाल’, भिडियोमा रेकर्ड भएको आवाज सुन्न सकिन्छ, ‘एउटाले हान्नि एउटाले पट्टयाउने गर न ।’

 

दोलखाको वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छवी लामा विजयी भएका छन् । लामाले ७ हजार १ सय ७९ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका ऋषिकेश उप्रेतीले ५ हजार २९ मत ल्याएका थिए । यसैगरी, उपाध्यक्षमा कांग्रेससँग चुनावी तालमेल गरेका नेकपा माओवादीका केन्द्रका रविचन्द्र आचार्य विजयी भएका छन् । उनले ७ हजार ५ सय ५२ मत आएको छ ।

 

यसरी भएकाे थियाे बुथ कब्जा

 



Your Comment

थप समाचार

मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

  • 8 minutes ago
मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

  • 4 hours ago
जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

  • 4 hours ago
नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


Loading...

भिडियो

hamropatro

नेपाल

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनशैली

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।