सीमावर्ती नागरिकको ब्यथा समेटिको उपन्यास ‘बोर्डर’ बजारमा

काठमाडौं, पुस ९ । सीमावर्ती बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदिलाई आधार बनाएर लेखिएको रविन्द्र कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणीन्द्र संगम, डोलेन्द्र थापा लगायतले पुस्तकको विमोचन गरे ।

 

पुस्तकमाथि धारणा राख्दै पूर्वकुलपति तथा वरिष्ठ कवि काइँलाले मेची सिमानाको सामाजिक कथालाई लेखकले मिहिन ढंगले औपन्यासिक रुपमा प्रस्तुत गरेको बताए । सीमावर्ती भूगोलका मानिसहरुको हिमचिम अर्को देशका सिमानाकै मानिससँगै हुने भएकाले त्यहाँ सम्बन्धको विस्तारसँगै अप्रत्यक्ष त्रासको सिर्जना रहने उनको भनाइ थियो । ‘पूर्वी नेपालको झापाका गाउँहरुलाई परिवेश बनाएर चार दशकअघिको सामाजिक, सांस्कृतिक, राजनीतिक विषयलाई उपन्यासमा चित्र जस्तो बनाएर देखाएका छन् लेखकले,’ उनले भने, ‘चोरी, लुटपाट र डकैतीको समस्याबाट आजित बासिन्दाको मनोदशा त्यो बेला जस्तो थियो अहिले पनि त्योभन्दा फरक छैन ।’

 

कवि विप्लव प्रतीकले हराइसकेको पाण्डुलिपि खोज्न लगाईकन प्रकाशनसम्मको अवस्थाबारे चर्चा गरे । ‘चालीस वर्षअघि लेख्न थाल्नुभएको रहेछ । पाण्डुलिपि थन्किएर बसेको थाहा पाएपछि खोजी गर्न लगाएँ,’ उनले भने, ‘नेपाली साहित्यका लागि यतिको महत्वपूर्ण कृति आवश्यक छ भन्ने लागेरै प्रकाशनको तारतम्य मिलेको हो ।’ उपन्यासले सिमानामा चलिरहने घटनाका सूक्ष्म कथाहरु खोतलेको उनको भनाइ थियो ।

 

अर्का वक्ता पत्रकार फणीन्द्र संगमले सिमानामा रहेका नेपालीले वर्षौंदेखि भोग्दै आएको त्रासदिको सग्लो चित्र उपन्यासले कोरेको बताए । पुस्तकको औपन्यासिक संरचना अब्बल रहेको उल्लेख गर्दै उनले पाठकलाई तत्कालीन समाज र इतिहास बुझाउन पुस्तक सफल रहेको चर्चा गरे । ‘सिमानामा हुने लुटपाट, चोरी डकैतीका साथै चार दशकअघिको सामाजिक संरचनाको सग्लो चित्र उपन्यासले उतारेको छ,’ उनले भने, ‘पञ्चायती समाज व्यवस्था र नेपाली समाजको विगत खोतल्न पनि उपन्यास निकै सहयोगी बनेको छ ।’

 

पत्रकार डोलेन्द्र थापाले पछिल्लो समय नेपाली साहित्यमा पढ्नैपर्ने सामाजिक उपन्यास लेखिएको बताए । सिमानाका दुःखसँगसँगै कालोबजारी गर्नेहरुले प्रयोग गर्ने त्यो बेलाको कोडभाषा र स्थानीय लबजलाई जस्ताको तस्तै रुपमा उतार्न लेखक सफल रहेको उनको भनाइ थियो ।

 

मिर्गौला रोगबाट पीडित लेखकको भने पुस्तक प्रकाशनको चरणमै निधन भएको थियो । उनकी छोरी कलिना कार्कीले लेखकको निजी जीवन र साहित्यिक रुचिका बारे चर्चा गरिन् ।
पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

 

 



Your Comment

थप समाचार

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 7 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 52 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

  • 1 hour ago
प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।