Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबन्धकहरूलाई रिहा गर्न हमास तयार

बन्धकहरूलाई रिहा गर्न हमास तयार


एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध पछिल्लो समय झन् विनाशकारी बन्दै गएको छ । विगत २० दिनदेखि जारी यो युद्धमा हालसम्म ६५०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

हजारौं मानिस घाइते भएका छन् ।

यस युद्धमा हमास लडाकुले सयौं मानिसलाई बन्धक समेत बनाएका छन् ।

अब हमास उनीहरुलाई रिहा गर्न तयार भएको बताइएको छ ।

इरानी मन्त्रीसँग रुस पुगेको हमास प्रतिनिधिमण्डलले यस्तो घोषणा गरेको हो ।

तर, हमासले यी बन्धकहरूलाई इजरायललाई नभई इरानलाई हस्तान्तरण गर्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

बिहीबार हमासको प्रतिनिधिमण्डल इरानका विदेशमन्त्रीसहित रुस पुगेको थियो । रुसी विदेश मन्त्रालयको मस्कोमा पुटिनका विशेष दूत मिखाइल बोगदानोभसँग भेटवार्ता भएको थियो ।

यस मुद्दाको मुख्य एजेन्डा गाजा पट्टीमा इजरायलले निरन्तर आक्रमण रोक्नु थियो।

बैठकपछि इरानी विदेशमन्त्रीले युद्धका क्रममा बन्धक बनाएका सैनिक र सर्वसाधारणलाई रिहा गरी इरानलाई सुम्पन हमास तयार रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT