आवश्यकता भन्दा धेरै माया गरेमा पनि ब्रेकअप हुन सक्छः रिसर्च

आजकालका युवायुवतीहरु छिटो प्रेममा पर्छन् र त्यो भन्दा छिटो नै अलग अलग हुने प्रवृत्ति बढ्दै गएको छ ।

 

आजकालका युवायुवतीको प्रेम सम्बन्ध र ब्रेकअपको कारणहरु खोज्न हालसालै गरिएको एक नयाँ रिसर्चमा कैयौं आश्चर्यजनक तथ्यहरु अगाडी आएको छ ।


शोधकर्ताहरुका अनुसार प्रेम र ब्रेकअप सँग सम्बन्धित कारणहरु पत्ता लगाउनको लागि यो रिसर्च गरिएको थियो ।


यस रिसर्चको रिर्पोटमा यो तथ्य अगाडी आयो कि दुई मानिसहरुको बिचमा आवश्यकता भन्दा धेरै प्रेम भयो भने उनीहरु अलग अलग हुने ठूलो सम्भावना रहन्छ ।


मिचिगन युनिभर्सिटीका ह्युमन साइकोलोजी डिपार्टमेन्ट द्धारा प्रकाशित गरिएको यो रिसर्चमा प्रेमलाई नै ब्रेकअपको कारण बताइएको छ ।


विशेषज्ञहरुको कुरा मान्ने हो भने युरोप र अमेरिका जस्ता देशहरुमा यो तथ्य अगाडी आयो कि धेरै जसो सम्बन्ध विच्छेद हुनाको एक ठूलो कारण पार्टनरको प्रेमलाई लिएर केही धेरै नै संवेदनशिल हुनु रहेको छ ।


खासमा जब एक पार्टनर धेरै प्रेम गर्छ भने उसले आफ्नो पार्टनरले पनि बदलामा त्यस्तै धेरै मायाको इच्छा राख्ने गर्छन् । यदि दोस्रो पार्टनरले यो कुरालाई ख्याल गर्न सकेन भने सम्बन्ध मुस्किलमा पर्न थाल्छ । यो रिर्पोटको अनुसार यो स्थिति दुवैको लागि खतरनाक हुन्छ ।


यसमा एक पार्टनर ले यो सोच्छ कि उसको प्रेमको कुनै मुल्य छैन र अर्कोले यो सोच्छ कि उसको स्वतन्त्रता छिनिएको छ । यस्तो अवस्था आउनसाथै दुवैले आफ्नो लागि केही नयाँको खोजिमा लाग्छन् ।


आजकाल कसैलाई पनि यो कुरा मन पर्दैन कि कसैले उनीहरुको स्वतन्त्रतामा रोक लगाओस । माया प्रेम गर्नु एक अलग कुरा हो तर तपाई कसैलाई पनि बोझ बन्न सक्नुहुन्न ।


प्रेम सम्बन्ध दिगो बनाउन के गर्ने त ?


यदि तपाईको पार्टनर तपाईको प्रेम प्रति आफ्नो मन मुताबिक प्रतिक्रिया दिइरहको छैन् भने उसँग राम्रोसँग कुरा गर्नुहोस । हतारमा कुनै निर्णय नलिनुहोस ।


आफ्नो सम्बन्धलाई समयसँगै विकास गर्ने कोशिस गर्नुहोस । धेरैजसो तपाई समयसँगै धेरै बदलिनुहुन्छ तर पार्टनरसँग तपाईको आशा त्यहि रहन्छ जुन सम्बन्धको सुरुवातमा थियो । यसैले समयसँगै दुवैले आफ्नो पार्टनर सँग सम्बन्धमा आइरहेको परिवर्तनको बारेमा कुरा गर्दै रहनुहोस ।


प्रेम धेरै आवश्यक हुन्छ तर यो सोच्नुहोस कि तपाईको सम्बन्ध कता जाँदैछ । के सम्बन्धसँगै तपाई अगाडी बढिरहुनुभएको छ वा फेरी त्यँही हुनुहुन्छ जहाँ सम्बन्ध सुरु गर्दा हुनुहुन्थ्यो ।


के माया प्रेम तपाईमाथि केही यस्तो तरिकाले हावि भएको छ कि तपाईको पहिचान नै हराएको छ ? यदि यस्तो हो भने उक्त सम्बन्धलाई सम्हाल्नको लागि अहिलेदेखी नै सोच्न सुरु गर्न थालिहाल्नुहोस ।


यस कुरामा ध्यान दिनुहोस कि कँही यो सम्बन्ध नै तपाईको डिप्रेशनको कारण त बनेको छैन् । यी सबै कुराहरुबाट जति तपाई प्रभावित हुनुहुन्छ उति आफ्नो पार्टनर पनि भएको हुन सक्छ । यस्ता कुराहरुले एक दिन यति समस्या ल्याउन सक्छ र तपाईलाई अलग हुने विचार मनमा आउन सक्छ । त्यसैले समय छँदै सम्हालिनुहोस ।

 



Your Comment

थप समाचार

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

  • 3 minutes ago
पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 12 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 13 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका


Loading...

भिडियो

hamropatro

नेपाल

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि