दिपक श्रेष्ठको अध्यक्षतामा लण्डनमा गठन भयो बुद्ध फाउण्डेसन

  • बिहीबार, ३ चैत, २०७३
  • 1 week ago
  • युके

लण्डन । गौतम बुद्धको सन्देशलाई विश्वमाझ पुर्याउने र नेपालमा सामाजिक क्षेत्रमा सेवा गर्ने मुख्य उद्धेश्यसहित बुद्ध फाउण्डेसन गठन गरिएको छ ।

 

एनआरएन यूकेका कोषाध्यक्ष तथा बेलायतका एक सफल युवा व्यवसायी दिपक श्रेष्ठको अध्यक्षतामा बुधबार लण्डनमा फाउण्डेसन गठन भएको हो ।


प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा सम्पन्न भेलाले फाउण्डेसन गठनको घोषणा गरेको हो । भेलाले १६ सदस्यीय तदर्थ समितिका साथै १२ जना सल्लाहकार समेत मनोनित गरेको छ ।

 

फाउण्डेसनमा एभरेष्ट गौतम , हरिश ज्ञवाली र सचिन श्रेष्ठ उपाध्यक्ष, गणेश खड्का महासचिव, सुरेन रुपाखेती  सचिव, राजन खकुरेल कोषाध्यक्ष र धनराज मल्ल सहकोषाध्यक्ष चयन भएका छन् ।

 

सदस्यहरुमा भने ह्यारी गुरुंग, जीवन सेन, बह्मा खनाल, महेन्द्र कुंवर, विकास नेपाल , युवराज सेढाईं, निरञ्जन खड्का र मनिसा डंगोललाई राखिएको छ ।


त्यस्तै समिर गुरुंग युवा संयोजक, नविन पोखरेल मिडिया संयोजक र नीर महर्जन प्राविधिक संयोजकको जिम्मेवारीमा आएका छन् ।

 

फाउण्डेसनको अध्यक्ष श्रेष्ठसंग बेलायतस्थित विभिन्न सामाजिक संस्थासंग आबद्ध रहेर काम गरेको अनुभव छ । उनले फाउण्डेसनको जिम्मेवारी लिनुअघि कपिलवस्तु समाजको अध्यक्षबाट राजिनामा गरेका थिए ।

 

फाउण्डेसनले १२ जना सल्लाहकार मनोनित गरेको छ । डा कविताराम श्रेष्ठ, राजन कंडेल, पशुपति भण्डारी, धर्म गुरुंग, विनोद ज्ञवाली, सुमलकुमार गुरुंग, मोहन गुरुंग, सुरेन्द्र नेपाल श्रेष्ठ, राजेश पाठक, श्रीचन्द्र गुरुंग, कुमार श्रेष्ठ र श्याम शेरचन सल्लाहकारमा चयन भएका छन् ।


फाउण्डेसन यसअघि नै नन प्रफिटेवल कम्पनी हाउसमा  दर्ता भइसकेको छ । बुद्धत्वलाई प्रचारप्रसार गर्ने र नेपालमा नेपालमा च्यारिटेबल काम गर्ने मुख्य उद्धेश्य बोकेको फाउण्डेसनले नेपालमा बुद्ध बृद्धाश्रम स्थापना गर्ने योजना समेत बनाइसकेको छ । सोहि प्रयोजनमा कोष जम्मा गर्न आउंदो मे २० तारिखमा लण्डनमा एक च्यारिटी कार्यक्रम हुंदैछ ।


आउंदो मे ७ तारिखका दिन लण्डनकै मुटु ट्राफगल स्क्वायरमा फाउण्डेसनकै आयोजनामा बुद्धजयन्ती मनाउने कार्यक्रम छ । लण्डनस्थित नेपाली दूतावास, पर्यटन बोर्डका प्रतिनिधी र कपिलवस्तु समाज यूके समेतको सहकार्यमा कार्यक्रम हुन लागेको हो । यसैबीच सोहि कार्यक्रमको आयोजना र व्यवस्थापनका लागि फाउण्डेसनले ह्यारी गुरुंग र एभरेष्ट गौतमलाई संयोजक तथा समिर गुरुङलाई सहसंयोजक तोकेर तयारी सुरु गरिसकेको छ ।


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    श्रेष्ठको नयाँ अभियान 'बुद्ध फाउण्डेसन'

    • 5 days ago
    श्रेष्ठको नयाँ अभियान 'बुद्ध फाउण्डेसन'

    लण्डन । बुधबार लण्डनमा गठन भएको बुद्ध फाउण्डेसनका अध्यक्ष हुन् दिपक श्रेष्ठ ।   बुद्धत्वल

    दक्षिणपूर्व क्षेत्रीय लण्डनमा २५६०औं बुद्ध जयन्ती

    • 10 months ago
    दक्षिणपूर्व क्षेत्रीय लण्डनमा २५६०औं बुद्ध जयन्ती

    लण्डन, जेठ । बुद्ध पूर्णिमाको दिन दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको आयोजनामा २५६०औ बुद्धजयन्ती  भव्य रुपमा सम्पन्न भएको छ । गत वर्ष झै यसवर्षको बुद्ध जयन्ती कार्यक्रमलाई समाजका सल्लाहकार सुमलक

    बुद्धिष्ट सेन्टरको समुदघाटन समारोह तथा २५६० औं बुद्ध जयन्ती पुजा कार्यक्रम सम्पन्न

    • 9 months ago
    बुद्धिष्ट सेन्टरको समुदघाटन समारोह तथा २५६० औं बुद्ध जयन्ती पुजा कार्यक्रम सम्पन्न

    लण्डन/देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम २१ मई २०१६ शानिबारका दिन भब्यताकासाथ सु-सम्पन्न लण्डनमा सम्पन्न भएको झ ।शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती)

    hamropatro

    नेपाल

    प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

    प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

    काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

     

    नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

    जीवनशैली

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

    विचित्र विश्व

    तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

    तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

    ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।