बूढीगण्डकी प्रभावितलाई सात अर्ब मुआब्जा दिनुपर्ने

  • मंगलबार, २६ पुष, २०७३
  • 1 week ago
  • नेपाल

काठमाडौँ, पुस २६ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रु छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ ।

 

धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो परिमाणको रकम वितरण गर्नुपर्ने देखिएको हो । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते निर्धारण गरेको मुआब्जाअनुसार पहिलो चरणमा तीन गाविसका चार हजार ४१ रोपनी जग्गाका लागि दुई अर्ब ६६ करोड रूपैयाँ भुक्तानी दिनुपर्ने देखिएको छ ।

 

गोरखाका घ्यालचोक, भुम्लिचोक र दर्बुङ गाविसमा पहिलो चरणमा मुआब्जा वितरण गरिनेछ । मुआब्जा पाऊँ भनी हालसम्म ५०९ निवेदन दर्ता भएको बूढीगण्डकी जलविद्युत् विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । गोरखाको १४ गाविसको प्रभावित क्षेत्रका लागि न्यूनतम रु पाँच लाख २५ हजार र अधिकतम रु आठ लाख २५ हजार दर तय गरिएको छ ।

 

यस्तै, जिल्ला प्रशासन कार्यालय धादिङले यही पुस १९ गते तीन गाविसको मुआब्जा तय गरेको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । धादिङका १३ गाविस आयोजनाबाट प्रभावित हुनेछन् । सलाङ, मैदी र खरी गाविसका छ हजार ७८३ रोपनी जग्गाका लागि रु चार अर्ब २५ करोड मुआब्जा वितरण गर्नुपर्नेछ । धादिङको खहरे बजार र गोरखाको आरुघाटको भने हालसम्म मुआब्जा तय गरिएको छैन ।

 

बूढीगण्डकी आयोजनाका लागि चालु आवमा सरकारले रु पाँच अर्ब बजेट विनियोजन गरेको छ भने पूर्वाधार करमार्फत नेपाल आयल निगमले आयात गर्ने पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमा नै लगाइएको करबाट हालसम्म तीन अर्ब भन्दा बढी रकम जुटिसकेको छ ।

 

ऊर्जामन्त्री शर्माले आयोजनालाई पूर्णरुपमा सरकारी लगानीमा नै अगाडि बढाउने बताउनुभएको छ । आयोजनाबाट उत्पादित विद्युत् अन्य आयोजनाभन्दा बढी पर्ने र स्थानीय प्रभावितलाई पहिलो चरणमा नै लगानीका लागि आह्वान गर्दा प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने भएकाले सरकारी लगानी नै उपयुक्त विधि भएको उनको भनाइ छ । आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट १६ रूपैयाँ पर्नेछ । रासस


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    बूढीगण्डकी डुबान क्षेत्रका जग्गाको मुआब्जा तोकियो, कस्ता जग्गाधनीले कति पाउने ?

    • 1 month ago
    बूढीगण्डकी डुबान क्षेत्रका जग्गाको मुआब्जा तोकियो, कस्ता जग्गाधनीले कति पाउने ?

    गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।

     

    जग्गा वर्गीकरणका आधारमा न्यूनतम पाँच लाखदेखि अधिकतम आठ ला

    अरुण आयोजनाबाट प्रभावितलाई एक अर्ब बढीको मुआब्जा वितरण

    • 1 month ago
    अरुण आयोजनाबाट प्रभावितलाई एक अर्ब बढीको मुआब्जा वितरण

    संखुवासभा, ५ पुस । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरे

    बूढीगण्डकी आयोजना क्षेत्रका स्थानीय र प्रहरीबीच झडप, २० राउण्ड अश्रुग्यास प्रहार

    • 1 month ago
    बूढीगण्डकी आयोजना क्षेत्रका स्थानीय र प्रहरीबीच झडप, २० राउण्ड अश्रुग्यास प्रहार

    गोरखा । गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि झडप भएको छ ।

    hamropatro

    नेपाल

    वैशाख अन्तिममा स्थानीय तह निर्वाचन गर्न तीन दल सहमत

    वैशाख अन्तिममा स्थानीय तह निर्वाचन गर्न तीन दल सहमत

    काठमाडौं ८ माघ । प्रमुख तीन दलबीच वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ ।

     

    स्थानीय निकायको निर्वाचन, संविधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा दलहरुबीच संसदमा पेश भएका निर्वाचन सम्बन्धि कानुन पारित गर्दै वैशाख अन्तिम साताका लागि निर्वाचनको मिति तोक्ने सहमति भएको हो ।

    जीवनशैली

    जाडो मौसममा कस्ता खानेकुरा खाने

    जाडो मौसममा कस्ता खानेकुरा खाने

    जाडो समयमा शरिरलाई तातो राख्न न्यानो कपडा लगाउनुमात्र पर्याप्त हुँदैन । यस्तो मौसममा केही यस्ता खाने कुराहरु खानु आवश्यक हुन्छ जसले शरिरलाई न्यानो बनाउन मदत गर्छ ।