बंकरमा बनाइए यस्ता घरहरु जसलाई परमाणु बमले पनि बिनाश गर्न सक्नेछैन

सायद त्यसै मानिसलाई यस ग्रहको सबैभन्दा समझदार प्राणी भनिएको होइन । निकै कठिन परिस्थितमा पनि मानिसले आफ्नो अस्तित्व जोगाइ राख्न विभिन्न उपायहरु लगाइ रहेको छ । जसरी देशहरुबीच परमाणु हतियारको लागि प्रतिस्पर्धा चलिरहेको छ त्यसबाट कसरी बाँच्न सकिन्छ भनेर मानिसले अर्कोतर्फ उपायहरु खोजिरहेको छ । यो एउटा सबैभन्दा ठुलो चुनौतीको विषय पनि हो ।

 


अमेरिकाको साउथ डकोटा शहरमा वाइवोस कम्पनीले एउटा यस्तै बंकरनुमा घरहरु निर्माण गरिरहेको छ । यसले प्राकृतिक आपत लगायत परमाणु विस्फोटबाट पनि मानिसलाई जोगाउने काम गर्छ ।
अमेरिकामा तयार भइरहेका बंकरनुमा घर यस्ता रहेका छन्


८० फिट लम्बाइ, २६ फिट चौडाइ


५ लाख टन क्षमताको बम बिस्फोट सहन सक्ने


१०–२० जना मानिसहरु एउटा घरमा रहन सक्छन्


१४ वर्ग किमि क्षेत्रफलमा बंकर बनेको छ ।


सधै अस्तित्वमा रहनेछ


साउथ डकोटामा बनाइएको यो सोसाइटीमा स्कुल, कलेज, जिम, चर्च, गार्डेन, सुटिङ रेन्ज, थिएटर लगायत सबै सुविधाहरु हुनेछन् । हरेक बंकरमा एक वर्षका लागि अनाज र खाद्यबस्तुहरु राखिएको छ । यो पुरै सोसाइटीमा पाँच हजार मानिसहरु रहनेछन् ।


यी बंकरहरुलाई आलिसान घरको रुपमा डिजाइन गरिएको छ । यसमा होम थिएटर, स्नुकर, टेबल, झ्यालहरुको स्थानमा एलसीडी स्क्रिन लगाइएका छन् ।


विभिन्न प्रविधिको प्रयोग गरेर बनाइएका यस्तो घरको मुल्य २५ हजारदेखि २ लाख डलरसम्म पर्ने गर्छ ।


साउथ डकोटाको यो इलाका सन् १९४० मा अमेरिकी सेनाका लागि बनाइएको थियो । यस बंकरमा सेनाहरु हतियार र बम राख्ने काम गर्थे । सेनाले १९६७ मा यस बंकरको प्रयोग गर्न छोडिदिएको थियो ।
आगामि प्रोजेक्ट


जर्मनीको रोथनस्टीन गाउँमा बनेको बाइबोस युरोपा वन बंकरमा परमाणु बिस्फोट, रसायनिक उत्सर्जन, भुकम्प र सुनामी जस्ता आपतहरुबाट रक्षा दिन सक्नेछ ।


Loading...

Your Comment


भिडियो


Related Post

यी घरलाई परमाणु बमले पनि नोक्सान पुर्याउन सक्दैन

  • 2 months ago
यी घरलाई परमाणु बमले पनि नोक्सान पुर्याउन सक्दैन

सायद त्यसै मानिसलाई यस ग्रहको सबैभन्दा समझदार प्राणी भनिएको होइन । निकै कठिन परिस्थितमा पनि मानिसले आफ्नो अस्तित्व जोगाइ राख्न विभिन्न उपायहरु लगाइ रहेको छ ।

परमाणु भण्डारबारे ट्रम्पको यस्तो चाहना

  • 3 weeks ago
परमाणु भण्डारबारे ट्रम्पको यस्तो चाहना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार भण्डार विस्तार गर्न चाहेको बताएका छन् ।

‘हो, म परमाणु हतियार प्रयोग गरेर लाखौ मानिसहरु मार्न पनि सक्छु’

  • 8 months ago
‘हो, म परमाणु हतियार प्रयोग गरेर लाखौ मानिसहरु मार्न पनि सक्छु’

ब्रिटेन–ब्रिटिस प्रधानमन्त्री टेरिसा मेले आवश्यक परे परमाणु हतियारको प्रयोग गरेर लाखौ मानिसहरु मार्न सक्ने बताएकी छिन् । संसदमा चलिरहेको बहसमा प्रधानमन्त्री टेरिसाले यदि त्यस्तो अवस्था आए आफु तय

hamropatro

नेपाल

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

 

नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।