३२ जिल्लामा मनोनयन दर्ता जारी

काठमाडौं, कात्तिक ५ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको आग्रह बमोजिम ३२ जिल्लाका उम्मेदवारहरुले आइतबार बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने क्रम जारी छ ।

 

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतको कार्यालयबाट दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन फारम लैजानुका साथै उम्मेदवारी दर्ता गर्ने क्रम भइरहेको आयोगले जनाएको छ ।

 

आयोगका अनुसार सबैजसो जिल्लामा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भइरहेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गरेको बताएको छ । मनोनयन दर्ता गर्ने क्रम साँझ ५ बजेसम्म हुनेछ ।

 

विभिन्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले ३२ जिल्लामा हुने पहिलो चरणको चुनावका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

 

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी क्षेत्र), रोल्पा, रुकुम (पश्चिम क्षेत्र), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडीमा चुनाव गरिँदैछ । बाँकी ४५ जिल्लामा भने मंसिर २१ गते निर्वाचन गर्ने बताइएको छ ।

 



Your Comment

थप समाचार

राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

  • 3 minutes ago
राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

दाङ, माघ ७ । दाङमा गत माघ २ गतेदेखि सञ्चालन भएको २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

  • 15 minutes ago
गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

गोरखा, माघ ७ । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

  • 34 minutes ago
एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

दाङ, माघ ७ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिलेदेखि नै दाङमा चर्किएको आन्दोलन अन्ततः बिना निष्कर्ष टुङ्गिएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुँदै र


Loading...

भिडियो

hamropatro

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।