क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

  • शुक्रबार, ४ चैत, २०७३
  • 2 months ago
  • अर्थ

काभ्रे, चैत ४ । उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् ।

 

सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समयअघि क्यान्डी बनाउने तालिम दिएको थियो । उक्त तालिम लिइसकेपछि नै आफूलाई क्यान्डी बनाउन सजिलो भएको ३२ वर्षीया शोभा गौतम बताउँछिन् । कामको थालनी नाला पाउँ भण्डारको नामबाट सुरु गरिएको र फुर्सदको समयमा सो कामलाई निरन्तरता दिँदै आएको उनको भनाई छ ।

 

“काम नहुँदा के गर्ने कसो गर्ने भन्ने जस्तो लाग्थ्यो, तालिम लिएपछि आत्मनिर्भर बन्न सजिलो भएको छm” गौतमले भने । हाल उनी क्यान्डीको बजार व्यवस्थापनको काम गरिरहेका छन् ।

 

त्यस्तै टुकुचा नाला–७ का ३० वर्षीय सुमित्रा घिमिरे विवाह गरेको १० वर्षपछि पारिवारिक सम्बन्ध राम्रो नभएका कारण माइतमा बस्न बाध्य भईन् । उनले पढे पनि श्रीमानले नागरिकता नबनाइदिएपछि जागिरसमेत खान पाइनन् । उनीसँगसीपको समेत अभाव थियो । आफूले केही गर्न नसकेकामा उनलाई सधैँ आत्मग्लानी महसुस हुने गथ्र्याे । नारी जागरण बचत तथा ऋण सहकारीबाट महिला आत्मनिर्भरतासम्बन्धी तालिम लिएपछि उनी हाल क्यान्डी बनाएर बिक्री गरी स्वरोजगार बनेकी छिन् ।

 

“पहिला रुँदैमा दिन कटाउँथे, अहिले दिदीबहिनीसँगै काम गर्न थालेपछि स्वरोजगार बनेकी छु,” उनले भनिन् । आत्मनिर्भर बन्न सकेकोमा घिमिरे निकै खुसी छिन् । आयआर्जन गरेर सक्षम हुन सकेकामा शोभा र सुमित्रा औधी खुसी छन् । उनीहरुसँगै गाउँका अरु महिला समेत अहिले क्यान्डीमार्फत आयआर्जन गर्दैआएका छन् ।

 

बिहान बेलुका घरको काम सकेर महिलालाई क्यान्डीमार्फत आयआर्जन गर्न सजिलो भएको छ । पहिले घरबाट बाहिर निस्कन नसक्ने महिला अहिले क्यान्डी बनाएर बिक्री गरिरहेका छन् । उनीहरुले क्यान्डी बनाएर मासिक २० हजारभन्दा बढी आम्दानी गर्दैआएका छन् । नारी जागरण नेपाल नामक संस्थाले पीडित महिलाका लागि विभिन्न तालिम सञ्चालन गर्दैआएको छ । संस्थाका अध्यक्ष निर्मला श्रेष्ठ नेपालबाट युवा विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमा रोजगार दिन समय समयमा तालिम प्रदान गर्दैआएको बताउँछन् । रासस



    Your Comment

    Related Post

    हात्तीमा आत्मनिर्भर बन्दै नेपाल

    • 11 months ago
    हात्तीमा आत्मनिर्भर बन्दै नेपाल

    चितवन-प्रजनन् केन्द्र स्थापनासँगै नेपाल हात्तीमा आत्मनिर्भर बन्दै गएको छ । निजी क्षेत्रले बाह्य मुलुकबाट हात्ती आयात गर्ने गरेको भए पनि सरकारीस्तरबाट भने १५ वर्षयता हात्ती भित्र्याउनु परेको छैन ।

    कसरी बनाइदैं मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर ?

    • 1 year ago
    कसरी बनाइदैं मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर ?

    काठमाडौँ, माघ १३/आगामी तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने सरकारी प्रयास प्रारम्भ भएको छ । पशुपक्षी विकास मन्त्रालयले आज ४० बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै पशुपक्षीजन्य पदार

    दुई वर्षमा आत्मनिर्भर हुने गरी सरकारले लगानी बढाउने, पेट्रोलियम पदार्थमा विविधिकरण गरिने

    • 1 year ago
    दुई वर्षमा आत्मनिर्भर हुने गरी सरकारले लगानी बढाउने, पेट्रोलियम पदार्थमा विविधिकरण गरिने

    काठमाडौं—सरकारले खाद्य, औषधी र उर्जामा आत्मनिर्भर हुने गरी काम अगाडि बढाउने भएको छ । सरकारको नीति तथा कार्यक्रममा संसदमा प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले आधारभूत रुपमा


    भिडियो


    Loading...
    hamropatro


    जीवनशैली

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

    विचित्र विश्व

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।