दाङमा एक महिनामा पाँच लाख नगदसहित ९३ जुवाडे पक्राउ

  • बिहीबार, २ कार्तिक, २०७४
  • 3 months ago
  • नेपाल

दाङ, कात्तिक २ । दाङमा जुवा खेल्ने व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेको भए पनि जुवा खेल्ने क्रम रोकिएको छैन । बिगतका बर्षहरुभन्दा यसबर्ष जुवा खेल्ने व्यक्तिहरु पक्राउ गर्नका लागि प्रहरीले सक्रियता बढाएको छ । प्रहरीको संख्या बढेसंगै पक्राउ पर्नेहरुको संख्या बढेको देखिएको छ ।


गत बर्षहरुमा फाट्टफुट्ट रुपमा जुवाडे पक्राउ भएको सुनिने गरेको भए पनि यस बर्ष दैनिक जसो जुवाका खालहरुबाट मानिसहरु पक्राउ परेको समाचारहरु आइरहेका छन् ।

 

जुवा नियन्त्रणमा प्रहरीले सक्रियता बढाएपछि फेला पर्नेहरुको संख्या पनि बढेको जनाएको छ । समाजमा द्वन्द्व र अशान्ति ल्याउने तत्वहरुमा जुवा पनि एक कारण रहेको बताउदै यसलाई पूर्ण रुपमा बन्द गर्न लागि परेको प्रहरीको भनाई छ ।



अन्य समयको तुलनामा चाडवाडको समयमा जुवाडेहरु फेला पर्ने गरेको प्रहरीको भनाई छ । गतबर्षका चाडपर्वहरुमा जुवाडेहरु पक्राउ नपरेका होइनन्, तर यस बर्ष अत्याधिक रुपमानै जुवाडे पक्राउ परेको प्रहरीको भनाई छ ।

 

प्रहरीका अनुसार एक महिनाको अवधिमा ९३ जना जुवाडेहरु पक्राउ परेका छन् । जसलाई जिल्लाका बिभिन्न स्थानबाट नगद पाँच लाख ८० हजार छ सय ५६ रुपैयासहित पक्राउ गरिएको हो ।



जिल्ला प्रहरी कार्यालयको यो तथ्याङ्क असोज महिनाको मात्रै हो । प्रहरीका अनुसार घोराही क्षेत्रका सात वटा स्थानबाट ५३ जना जुवाडेहरुसहित तीन लाख १८ हजार चार सय ८१ रुपैयासहित पक्राउ गरियो भने, तुलसीपुर क्षेत्रबाट ४० जना जुवाडेसहित दुई लाख ६२ हजार एक सय ७५ रुपैयासहित पक्राउ गरिएको छ ।



जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक निर्मल खत्रीका अनुसार सबैभन्दा बढी गत सोमबार घोराही उपमहानगरपालिका–१३ बाट १३ जना जुवाडेसहित एक लाख ४२ हजार एक सय १६ रुपैया नियन्त्रणमा लिइएको थियो ।



त्यससंगै घोराही उपमहानगरपालिका–८ बेलवाबाट आठ जना जुवाडेसहित ३५ हजार एक सय ६०, घोराही उपमहानगरपालिका–१४ बाट पाँच जुवाडेसहित २४ हजार सात सय ५५, घोराही उपममहानगरपालिका–२ बाट ६ जना जुवाडेसहित ५० हजार ७० रुपैया, घोराही–१८ वाट ६ जुवाडेसहित १७ हजार एक सय ५५, घोराही–१० बाट ११ जना जुवाडेसहित २५ हजार एक सय ५५ र घोराही–४ वाट ६ जना जुवाडेसहित २४ हजार ७० रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ ।



त्यस्तै पं्रहरीले तुलसीपुर क्षेत्रबाट ४० जना जुवाडेसहित दुई लाख ६२ हजार एक सय ७५ रुपैया नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रक्राउ पर्नेमा घरमा संगठित रुपमा जुवा खेलाउने एक जना महिला रहेको रहेको प्रहरीले जनाएको छ ।

 

जिल्लामा जुवातास तथा मादक पदार्थ सेवन गर्नेहरुलाई निरुत्साहित पार्ने काममा लागि परेको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले बताइन् । पछिल्लो समयमा जुवा नियन्त्रणको अभियानहरु सञ्चालन भएको तथा जुवा खेल्नेहरुलाई पक्राउ गरी कारवाही गरिएको उनको भनाई छ ।



जुवा, तासका कारण समाजमा बिभिन्न खालका घटना हुने भन्दै यसलाई अन्त्य गर्न आवश्यक भएको बताउनुभयो । चाडपर्बको नाममा हुने जुवातासलाई बन्द गर्न समेत उनले सुझाव दिइन् । ‘आज जुवा खेल्यो, भोली सम्पती गुम्छ यसले गर्दा अप्ठ्यारो खालको अवस्था आउन सक्छ, समाजलाई गलत बाटोमा लैजानबाट सबैले रोक्न आवश्यक छ, उनले भनिन् । जिल्लामा जुवातासमा गिरोह नै संलग्न भएको प्रहरीको अनुमान छ । जुवामा संलग्न व्यक्तिहरुले चेतनामा सुधार ल्याउन आवश्यक छ ।



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।