क्याटलोनियामा प्रदर्शन जारी

 

बार्सिलोना, २८ कात्तिक ।  स्पेनको केन्द्रीय सरकारले थुनामा राखेका क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई रिहाईको मागगर्दै मङ्गलबार पनि दशौँ हजारले प्रदर्शन गरेका छन् । 

दशौँ हजार क्याटालोनियालीले उनीहरुको रिहाइकोमा मागगर्दै प्रदर्शन गरेका बताइएको छ । आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा बार्सिलोनामा प्रदर्शन गरेका छन् । 

क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना अभियानकर्ता थुनामा छन् । उनीहरुको रिहाइको मागगर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन गरेका थिए । सो प्रदर्शन मङ्गलबार पनि जारी रहेको बताइएको छ । 

स्पेनको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले बेल्जियम निर्वासनमा छन् । उनका अभियानकर्ताहरूमाथि भने मुद्दा चलाइएको छ । 

क्याटलोनियाको क्षेत्रीय संसद र सरकारले क्याटोलोनियालाई आफै स्वतन्त्र भएको घोषणा गरेका थिए । तर त्यसलाई केन्द्र सरकारले भने मानेको छैन । 

स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन शुरु गरेको थियो । हाल क्याटालोनियाको संसद र सरकार दुवै निलम्बनमा छ । स्पेनको सरकारले संसस र सरकार बिघटन गरेको हो । 



Your Comment

थप समाचार

राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

  • 1 minute ago
राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

दाङ, माघ ७ । दाङमा गत माघ २ गतेदेखि सञ्चालन भएको २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

  • 13 minutes ago
गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

गोरखा, माघ ७ । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

  • 32 minutes ago
एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

दाङ, माघ ७ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिलेदेखि नै दाङमा चर्किएको आन्दोलन अन्ततः बिना निष्कर्ष टुङ्गिएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुँदै र


Loading...

भिडियो

hamropatro

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।