नेपाली सेलिब्रिटीलाई बडिगार्डः सेलिब्रिटीलाई नै लाज !

काठमाडौं, भदौ २८ । नेपाली कलाकारहरुले अचेल अनौठो शैली सिकेका छन् । त्यो के भने, फिल्म रिलिज वा प्रिमियर सो को क्रममा बडीगार्ड सहित प्रस्तु हुने ।

 

पछिल्लो महिनामात्रै नयाँ सेलिब्रिटी कलाकारहरुलाई यसैगरी प्रस्तुत गरियो । अनमोल केसी, सलिनमान बानिया, प्रदीप खड्का, साम्राज्ञी साह लगायत कलाकारलाई निर्देशकहरुले बडीगार्डसहित कार्यक्रममा प्रस्तुत गरे ।

 

हास्यास्पद त के भने, प्रदीप खड्का प्रिमियर सोमा प्रस्तुत हुँदा उनको साथमा केही अफ्रिकी बडीगार्ड नै खटिएका थिए । तर कलाकार प्रदीप भने बडीगार्डको बीचमा हिँडिरहँदा लजाउँदै थिए । सायद यसरी हिँडेको उनको पहिलो अनुभव पनि होला ।

 

अनमोल केसीले एक महिनाअघि यसै गरी बडीगार्ड साथै लिएर एक कार्यक्रममा प्रस्तुत भएपछि यो शैली लोकप्रिय बनेको हो ।

 

निकै सस्तो पारिश्रमिक लिएर अभिनय गर्दैआएका कलाकारहरुलाई अचानक बगीडार्ग नै भिराइदिन थालेपछि भने यस क्षेत्रमा गस्सिप पनि चल्यो । फिल्मी पत्रकारहरु र फिल्मकर्मीहरुले यस्तो चलनप्रति ठट्टा पनि गरे ।

 

निर्देशक मिलन चाम्सले भने बचाउ गर्दै यस्तो हास्यास्पद अभिव्यक्ति दिए कि, ‘बलिउड स्टारहरुले बडीगार्ड बोकेर हिँड्न हुँदा नेपाली सेलिब्रिटीले किन नहुने ?’ तर नेपाली कलाकारहरु चाम्सले भने झैँ बडीगार्ड बोकेर हिँड्नुपर्ने अवस्थामा पुगेका छन् त ?

 

जब कि, वर्षभरीमा एकाध फिल्म मात्रै नाफा कमाउन सफल हुन्छन् । यतिसम्म कि सबै कलाकारले त पारिश्रमिक समेत पाउँदैनन् । यस्तो अवस्थामा केही निर्देशक भने कलाकारलाई बडीगार्ड भिराउँदै नेपाली फिल्म क्षेत्रको स्तर उकासिएको भनी मख्ख छन् ।

 



Your Comment

थप समाचार

उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

  • 12 minutes ago
उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 24 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 25 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ