सिमेन्ट उद्योगको उत्खनन् र दुवानी गाउँपालिकाद्वारा रोक

  • सोमबार, १३ कार्तिक, २०७४
  • 2 weeks ago
  • अर्थ

दाङ, कार्तिक १३ । दाङको बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको खानी मार्ग क्षेत्रको धुलो नियन्त्रण नगरेको भन्दै उत्खनन् र ढुवानीमा रोक लगाएको छ ।

 

लामो समयदेखि उद्योगले धुलो धुवा नियन्त्रणमा अटेरी गरेको भन्दै गाउँपालिकाले खानी क्षेत्रमा चुनढुंगा उत्खनन् र ढुवानीमा रोक लगाएको हो ।

 

यता दाङ प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादु श्रेष्ठले बन्द हड्ताल गरेर कुनै समाधान नहुने भन्दै दुबै पक्षलाई मिलेर समाधान गर्न निर्देशन दिएका छन् ।

 

असोज २३ गते बसेको बंगलाचुली गाउ कार्यपालिकाको बैठकले एक हप्ताभित्र धुलो÷धुवा नियन्त्रणका लागि समय दिए पनि अटेरी गरेपछि गाउँपालिकाले उत्खनन् र ढुवानीमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए ।

 

धुलो धुवाले जनताको जनजीवनलाई प्रत्यक्ष असर गरिरहदासम्म पनि उद्योगले त्यसको नियन्त्रणका लागि काम नगरेपछि जनदबाबबाट गाउपालिकाले खानी क्षेत्रमा रोक लगाएको जनाएको छ ।


बंगलाचुलीले कच्चा पदार्थ पनि दिने र धुलो पनि खानु पर्ने बाध्यतालाई हटाउन र उद्योगलाई जिम्मेवार बनाउन आफुहरुले भुमिका खेलेको उनको भनाई छ ।

 

घोराहीको गोग्लीमा रहेको सिमेन्ट उद्योगको खानी क्षेत्र जाने सडकमा उड्ने धुलो नियन्त्रण गर्नुपर्ने मुख्य माग रहेको उनले बताए । उत्खनन् र ढुवानीमा रोक लगाएपछि तीन दिनदेखि काम ठप्प भएको छ ।

 

उद्योग र जनमैत्री बाताबरण सृजना गर्नुपर्नेमा उद्योगले जनतालाई मारेर कमाउन खोज्नु कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाई छ । घोराही सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने करिव एक सय टिप्परहरु दैनिक चल्ने गरेका छन् ।



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 13 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 51 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 54 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।