चमेलीको पीडाः भुइँचालोले घर ढाल्यो, आगोले शरीर डढ्यो, अब कसरी बाँच्नु ?

गोरखा, भदौ २८ । शरीरको आधा भाग जलेको छ । हिँडडुल गर्न समेत निक्कै समस्या छ । सात महिनाकी छोरी अनि अन्य दुई छोराकी आमा । उमेरले भरखर २७ बर्ष लागेकी  चमेली परियार आफैंले बालेको टुकीबाट शरीरमा आगो सल्कियो । उपचार गर्न जिल्लामा सम्भव छैन भनेर अस्पतालले बारम्बार भन्यो तर आर्थिक अभावकै कारण काठमाण्डौ जानु पर्नेमा गाउँ फर्किन बाध्य भइन् उनी ।


शहिद लखन गाँउपालिका वडा नम्बर ८ की चमेली परियारले जीवनमा यस्तो भोग्नु पर्छ भन्ने कहिल्यै चिताएकी थिइनन् । ७२ सालको भूकम्पले भएको घर पनि ढल्यो । त्यसयता सानो कटेरो बारेर बसेकी परियारले गत साउन २५ गते भुकम्प भन्दा पनि ठूलो समस्या झेल्नु प¥यो । बर्खाको समय हावाहुरी र पानी परेकाले कटेरोमा पानी चुहिएर सुत्न नसकी टुकी बालेर एउटा कुनामा ओत लागेर बसेकी थिइन् ।

 

श्रीमान नजिकै थिए । ७ महिनाकी छोरी र २ छोरालाई भएको खाटमा सुताइन् । रातको १२ बज्नै लाग्यो, जसोतसो मिलेर सुत्ने तरखर गर्दै गर्दा त्यसैबेला हावाले टुकी ढल्यो अनि सल्कियो उजेलीको शरिरमा आगो । चिच्याइन, श्रीमानले घरमा भएको एक गाग्री पानी उजेलीको शरिरमा खन्याएँ । जसोतसो केही समयपछि उनको शरीरमा सल्किएको आगो निभ्यो । पानी परेकाले गाँउका कोही आएनन् । ‘एक्कासी टुकीको आगो मैले लगाएको पोस्टिरको कुर्तामा सल्किएछ, हतारले कुर्ता फुकाल्दा आगोले झनै सबै ठाँउमा भेट्यो अनि होसै गुमाएछु’ चमेलीले भनिन् ।

 


भोलिपल्ट गाँउमै रहेको हेल्थपोष्टमा जचाउन गइन् । त्याहाँ भएका चिकित्सकले मलम दिए अनि जिल्ला अस्पताल जान सल्लाह दिए । ‘अस्पताल जान नि पैसा थे’न, पैसाकै कारण त्यो दिन जान पाइएन, बेलुकाबाट त घाँटी फुले छटपटी हुन थालिहाल्यो’ आँखा भरि आशु बनाउदै उनले दुखेसो पोखिन ।

 

भोलिपल्ट श्रीमानले गाँउकै एक जनासंग मेलामा काम गर्न आइदिने सर्तमा १ हजार रुपैयाँ लिएर उनीहरु सदरमुकामको सरकारी अस्पतालमा पुगे । डाक्टरले मलम र स्लाइन लगाइदिए अनि भनेः उपचार यहाँ सम्भव छैन, काठमाण्डौ जानुपर्छ । सदरमुकाम आउन मेलामा काम गरिदिने भाका राखेर पैसा सापट लिएर आएका उनीहरु केही बेर अलमलमा परँे । ‘भएको १ हजार नि सक्कियो, काठमाण्डौ त के घरसम्म पुग्ने नि खर्च भएन, अनि ५ घण्टा हिडेर घर फर्कियौ’ २८ बर्षीय उनका श्रीमान गोरे परियारले भने ।


चमेलीको शरीर झनै फुल्दै गयो, भित्रभित्रै पोलेको महशुस गर्न थालिन् । अनि गाँउकै एक मेडिकलमा गइन । ‘मेडिकलका दाईले पोलिएको सबै छाला ताछिदिए, अनि मलम लगाइदिए, केही दिन उनकै आएर छाला निकालेर मलम लगाउने गरे तर घाँटीको घाउ गहिरिदै गयो भनेर सबै आत्तिए’ ७ महिने छोरीलाई दुध खुवाउदै चमेलीले दुख पोखिन् ।


दिनभर अरुको खेतबारीमा निबेक गरेर बिहान बेलुका छाक टार्दै आएका उनिहरुको यो घटना भरखर चुनाव जितेर बनेका सोही वडाका वडा अध्यक्ष काशीनाथ अम्गाईले समेत थाहा पाए । अनि उनलाई जिल्ला अस्पतालमा ल्याउने प्रवन्ध मिलाई दिए । जिल्ला अस्पतालमा खान र औषधीको समेत वडा अध्यक्ष अम्गाँईले नै ब्यवस्था मिलाईदिए । पोलिएको झण्डै एक महिना बितिसकेको छ ।

 

उनको घाँटीको घाउ गहिरिदै गइरहेको छ । अझैपनि जिल्ला अस्पतालले काठमाण्डौ जान सल्लाह दिइरहेको छ । तर चमेली र उनका श्रीमान गोरे अटेरी गरेर केही दिनदेखी गोरखा अस्पतालको बेडमै बसिरहेका छन् । कारण हो आर्थिक अभाव । काठमाण्डौ लैजान रकम नभएपछि उनले अस्पतालमै भर्ना गरेर बसेका छन् । ‘काठमाण्डौ गएर उपचार होला भनेर त चिताको पनि छैन, पैसा छैन, अब जे परेपनि सहुँला, के गर्ने त अब’ बेडमा बसेर आँशु पुछ्दै उजेलीले भनिन ।


आर्थिक अभावकै कारण उपचार कुरेर बसेकी बुंकोटकी चमेली परियारलाई माइतीले समेत वास्ता नगर्ने उनि बताउछिन् ‘माइती त घर नजिकै छ तर भएर के गर्नु एक पटक भेट्न समेत आएनन, कसैले वास्ता गर्दैनन, हामी गरिबको यो संसारमा को पो छ र’ उपचार गर्न क्रृणसम्म पनि कसैले नपत्याएको चमेली दुखेसो गर्छिन् ।


आगोले पोलिएर अस्पतालको बेडमा छटपटाई रहेकी आफ्नी श्रीमती उजेलीलाई आजसम्म कतैबाट पनि सहयोग नमिलेपछि सहयोगका लागि उनका श्रीमान गोरेले अनुरोध समेत गरेका छन् ।



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।