छवि ओझा र शिल्पा पोखरेलको विहे यही बर्षभित्र

काठमाडौं, साउन २ । छविराज ओझा नायिका बनाउन सफल फिल्म निर्माताको रुपमा चिनिन्छन् । रेखा थापालाई फिल्ममा स्थापित गराउन महत्वपूर्ण भुमिका निभाएका ओझाले रेखासँग बदलाकै रुपमा शिल्पा पोखरेललाई पनि स्थापित गराए ।

 

रेखा थापा ओझाबट टाढिएर बसेपछि ओझा नयाँ नायिकाको खोजीमै रहेको बेला शिल्पालाई उनैले डेब्यू गराएका थिए । मोडलिङको क्षेत्रमा रमाइरहेकी शिल्पालाई नायिकामा स्थापित गरेका ओझाले पछिल्लो समय निर्माताकै रुपमा जिम्मेवारी दिएका छन् ।

 

तर निक उनले यति ठूलो जिम्मेवारी सहित शिल्पालाई प्रोत्साहन गर्दैछन् भन्ने आशंका फिल्मी क्षेत्रमा बढेको छ । गस्सिप यस्तो पनि छ की, ओझा शिल्पासँग विहे गर्न चाहन्छन् । र शिल्पा पनि यसका लागि तयार छिन् ।

 

यही कारण पनि शिल्पालाई उनले निर्माताको रुपमा अगाडि बढाएको कुरा बुझिएको छ । त्यसो त, शिल्पा आफैँले पनि छवि ओझासँग विहे गर्ने कुरा यसअघि नै केही संचारमाध्यमसँग स्विकार गरिसकेकी छिन् ।


स्रोतका अनुसार ओझा र शिल्पाको यही बर्ष विहे हुने तयारी छ । शिल्पाका अनुसार यस विषयमा दुवैको परिवारमा सहमति भइसकेको छ । बिडम्वना के भने, ओझाले यदी शिल्पासँग विहे गरे भने यो उनको चौँथो विहे हुनेछ । यसलाई लिएर पनि फिल्मी क्षेत्रमा रोचक गस्सिप बन्न थालेका छन् ।

 

ओझाले यसअघि रेखा थापालाई पनि नायिका पछि निर्माता बनाएका थिए । तर रेखाले आफू स्थापित बनेपछि ओझासँग सम्बध नरहेको भन्दै छोडिन् । यतिसम्म की, रेखाले ओझाको विषयमा नकारात्मक टिप्पणी समेत गरेकी थिइन् । ठीक त्यसै गरी छविले शिल्पालाई पनि निर्माताको जिम्मेवारी त दिए तर शिल्पाले निर्माताको जिम्मेवारी कति सम्हाल्न सक्लिन् ? यसबारे भने धेरैको आशंका छ ।

 



Your Comment

थप समाचार

हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

  • 2 hours ago
हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

देखासिकी के का लागि ?

  • 7 hours ago
देखासिकी के का लागि ?

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

  • 7 hours ago
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

तातोहावाका कारण ६५ जनाको मृत्यु

तातोहावाका कारण ६५  जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । 

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

एजेन्सी–बु्रस लिलाई नचिन्ने कमै होलान् । कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रस लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।