उत्तर कोरियालाई नजिस्क्याउन अमेरिकालाई चीनको चेतावनी

बेइजिङ । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीचको तनाव उत्कर्शमा पुगेको छ । यी दुई देशहरु एक आपसमा आरोप प्रत्यारोपमा व्यस्त छन् भने निरन्तरको चेतावनीको सिलसिला पनि उस्तै छ ।

 

अमेरिकाले आफ्नो धैर्यताको बाँध टुटिसकेको भन्दै उत्तरलाई थप आणविक गतिविधि नगर्न चेतावनी दिंदै आएको छ भने उत्तरले पनि आफुमाथी खतरा भएमा कुनैपनि बेला परमाणु आक्रमण गर्ने धम्की दिइसकेको छ ।

 

उत्तरको धम्कीपछि केही आत्तिएको अमेरिकाले यस कसम्बन्धमा चीनको पनि समर्थन खोज्यो । चीनको समर्थनबीना उत्तरलाई रोक्न नसकिने निष्कर्शका साथ अमेरिकाले उसको समर्थन खोजेको थियो ।

 

केही दिनअघि दक्षिण कोरियाको सिओल पुगेका अमेरिकी उपराष्ट्रपतिले आणविक गतिविधिका विरुद्धमा चीन पनि आफुहरुकै पक्षमा रहेको भन्दै आफुहरुले कुनैपनि बेला उत्तरमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएको थियो ।

 

तर त्यसको केही दिनपछि चीनले अमेरिकालाई दिएको चेतावनी हेर्दा अमेरिकाको उक्त दावी झुट रहेको आशंका बढेको छ ।

 

चीनले अमेरिकालाई उत्तर कोरियालाई उत्तेजित नपार्न चेतावनी दिएको छ ।

 

चिनिया विदेश मन्त्रालयका प्रवक्ता लु काङले उत्तरको तटीय क्षेत्रमा अमेरिकाको बढ्दो गतिविधिले उक्त क्षेत्रको शान्तिमा खलल पुग्ने चेतावनी दिएका छन् ।

 

उनले भनेका छन्, ‘हामीले तनाव कम गर्न सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिंदै आएका छौं । तर पछिल्लो समय एक पक्षले अर्को पक्षलाई निरन्तर उत्तेजित बनाउने खालका अभिब्यक्ती र क्रियाकलाप गरिरहेको छ । यसले हाम्रो उदेश्य पुरा हुँदैन ।’

 

उनले उत्तर कोरियाको तटीय क्षेत्रमा भएको गतिविधी निकै संवेदनशील रहेको भन्दै यस मुद्धामा संलग्न कोही पनि वर्तमान अवस्थालाई उत्तेजित बनाउन लाग्नु नहुनेमा जोड दिए ।

 



    Your Comment

    थप समाचार

    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    • 6 hours ago
    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    • 6 hours ago
    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    • 9 hours ago
    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

    जीवनशैली

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।