Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सिआइबीको आग्रह

ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सिआइबीको आग्रह


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले एक विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सिआइबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गर्नुभएको हो ।

“केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रस्तुत कसुरको तथ्यगत विषयलाई अन्यत्रै मोडी कसुरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा केही समाचार प्रकाशित भएकामा ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

ब्युरोले ललिता निवास प्रकरणको अनुसन्धानका क्रममा विभिन्न निकाय र महानुभावबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिने कार्यमा थप प्रेरणा मिलेको बताएको छ र आगामी दिनमा समेत सहयोग हुने विश्वास लिएको छ । सिआइबीले ललिता निवास प्रकरणमा प्रत्यक्षरूपमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षासमेत गरेको छ ।

साथै तथ्यपरक, निष्पक्ष र व्यावसायिकरूपमा प्रस्तुत कसुरको अनुसन्धानलाई अगाडि बढाउने कार्यमा ब्युरो प्रतिबद्ध रहेको समेत बताएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

दीपेश पुन धरौटीमा रिहा

बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

Techie IT