चित्रबहादुरहरु किन देखिन्छन् कमल थापा जस्तै ?

संघियता बिरोधी शक्तिको रुपमा चिनिँदैआएको राष्ट्रिय जनमोर्चालाई पछिल्लो समय राप्रपासँग जोडेर टिप्पणी गर्न थालिएको छ । प्रगतिशिल कित्ताका ब्यक्तिहरुले जनमोर्चालाई ‘राप्रपाको भाई पार्टी’ भनी आरोप लगाउन थालेको धेरै भयो ।

 

त्यसो त संघियताको बिरुद्धमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले बारम्बार वकालत गर्दैआउँदा त्यसको प्रत्यक्ष लाभ राप्रपालाई नै पुगेको छ ।

 

यही तर्क पुष्टि गर्दै जनमोर्चाले राप्रपाको बिचारप्रति फेरि सद्भाव देखाएको छ । आइतबार मात्रै जनमोर्चा अध्यक्ष चित्र बहादुर केसीद्धारा जारी गरिएको विज्ञप्तिमा यस्तै कुरा प्रष्ट छ ।

 

राप्रपाको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाउन निर्वाचन आयोगले दिएको निर्देशनको जनमोर्चाले विज्ञप्ति जारी गर्दै बिरोध ग¥यो ।

 

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको पनि बिरुद्ध छ भन्ने हाम्रो मत छ ।’

 

अभिव्यक्तिको हकका लागि सवाल उठाइएको भए पनि समाजवादी सपना सहित स्थापित भएको कम्युनिष्ट पार्टीको राजनीतिक एजेण्डा बिस्तारै राप्रपा जस्तो पार्टीसँग मिल्नु संयोग मात्रै मान्न सकिँदैन ।

 

सत्ता समिकरणको हिस्सेदार राप्रपाको ‘राजनीतिक लाईन’ प्रति लचिलो बन्दैआएको जनमोर्चा मधेस, आदिवासी जनजाती लगायत सामाजि मुद्दाप्रति किन चासो दिँदैन ?

 

विज्ञप्तिमार्फत राप्रपाप्रति देखाएको सद्भावले पनि जनमोर्चाप्रति लगाइने आरोपको थप पुष्टि हुँदैआएका छन् । प्रष्ट छ, राप्रपाले निर्वाचन प्रक्रिया र संविधानको खिलाफ उठाएको मुद्दा आफैँमा बिरोधाभाष छ । यसैले पनि निर्वाचन आयोगले राप्रपाको विधानका केही वाक्यांश संविधान र गणतन्त्रसँग मेल नखाएको भन्दै हटाएको थियो ।

 

साथै गणतान्त्रिक पद्धत्ति र अग्रगमनप्रति राप्रपा इमानदार छैन भन्नु आरोप नभएर बस्तुगत बुझाइ नै हुनेछ । अर्थात्, ‘प्रतिगामी शक्ति’ । पुराना कम्युनिष्ट शक्ति र नेताहरु लामो समयदेखि बर्गीय मुद्दा उठाउँदैआए । चित्र बहादुर केसी, नारायणमान बिजुक्छे लगायत नेताहरु प्रतिपक्षीको भुमिकामा टिकिरहे पनि ।

 

तर अचेल उनीहरुका अभिव्यक्ति र कार्यशैली किन समयानुकुल देखिँदैनन् ? संघियता, पहिचान जस्ता मुद्दाप्रति किन कठोर बन्दैआएका छन् ? उनीहरुका मुद्दा, एजेण्डा किन ‘प्रतिगामी शक्ति’ सँग मिल्न थाले ? अहिले कम्युनिष्टहरुको गम्भीर समस्यामध्ये यो पनि हो ।

 

माओवादी युद्ध र जनआन्दोलनपछि उठेका जातीय समावेशी, पहिचान, सहअस्तित्वका मुद्दा प्रति कम्युनिष्ट शक्ति नै कठोर बन्दैजानुले सिंगो नेपाली कम्युनिष्टहरु प्रति लाग्ने आरोप थप बलियो बन्दै गएको छ ।

 

 

भारतको सन्दर्भ :

धनी र गरिब बीचको खाडल गहिरो बन्दै गएको छिमेकी देश भारतमा समेत कम्युनिष्ट पार्टीहरु कमजोर बन्दै गएका छन् । जहाँ कम्युष्टि पार्टीहरुले भन्दैआएका ‘सर्वहारा’हरु ३ करोड भन्दा बढीको संख्यामा छन् ।

 

यद्यपी, किन भारतीय समाजमा कम्युनिष्ट पार्टीहरु कमजोर बन्दैगए ? आत्मसमिक्षाको खाँचो छ की छैन ? स्मरणीय छ, प्रजातान्त्रिक र महात्मा गान्धी जस्ता ‘आध्यात्मिक’ नेताहरुले भारतीय स्वतन्त्रताको लागि लडिरहँदा त्यहाँका पुराना कम्युनिष्ट पार्टीहरुको भुमिका नगन्य रह्यो । दुखद् पक्ष के भने अहिले पनि भारतीय कम्युनिष्ट पार्टीहरु कार्ल माक्र्सको नाममा ‘मन्त्र जप्दैछन्’ भने अन्य आध्यात्मिक तथा गैर कम्युनिष्ट समुहले समकालिन समस्याबारे बस्तुगत टिप्पणी गर्न थालेका छन् । फलस्वरुप माक्र्सवाद वा कम्युनिज्म समग्र विचार र सिद्धान्तप्रति नै आम मानिसको विश्वास घट्न थालेको छ ।

 

 

चित्र बहादुरहरुको दुख :

नेपाली सन्दर्भमा मोहन बिक्रम सिंह, चित्रबहादुर केसीहरुको दुख यही हो । ‘क्रान्तिकारी नेता’ विप्लव र नेमकिपाका नेता नारायणमान बिजुक्छेको पनि हालत उस्तै छ ।


बर्षौँदेखि निरन्तर बर्गीय मुद्दाको ‘जपतप’ गरिरहने । लोकतान्त्रिक मुल्य मान्यताप्रति आँखा चिम्लिने । नेपालमा ‘क्लासिकल कम्युनिष्ट’हरुको समस्या यही हो ।

 

त्यसैले त ‘माले–मसाले–मण्डले एकै हुन्’ भनी प्रजातान्त्रिक भनिनेहरुले कम्युनिष्टहरुलाई लगाउने पुरानो आरोप पुष्टि हुँदैजान्छ ।

 

जनमोर्चाको हालैको गतिविधि पनि ठिक त्यस्तै छ । सबैभन्दा बढी सत्ता उपभोग गरेको पार्टी नेपाली कांग्रेस लोकतान्त्रिक वा अग्रगामी देखिँदै जानु, प्रगतिशिल र अग्रगामी भनिएको जनमोर्चा जस्तो पार्टी प्रतिगामी देखिँदै जानु विरोधाभाषपूर्ण त छ, नेपाली समाजको ‘बीग ट्र्याजेडी’ पनि हो ।

 

आखिर कम्युनिष्ट पार्टीको उद्धेश्य त समानता र समतामुलक समाज निर्माण गर्नु नै हो । त्यसका लागि लोकतान्त्रिक मुल्य मान्यतालाई स्थापित गर्दै जानु हो । र समावेशी, सहअस्तित्व, विविधतासहित लोकतान्त्रिक राज्यका बलिया आधार हुन् । तर यसको लागि समाजप्रति हेर्ने दृष्टिकोण पनि वस्तुवादी नै हुनुपर्ला । यदी यसो हो भने जनमोर्चा जस्तो पार्टी किन बारम्बार राजावादी शक्तिसँग घाँटी जोड्न पुग्छ ?

 

स्वभविक छ चित्रबहादुर केसी र उनको पार्टीले लामो समय प्रतिपक्षी भुमिका निर्वाह गर्यो । अघिल्ला सरकारका पालामा चित्र बहादुर केसीहरु ‘भ्रष्टाचार’, ‘अनियमितता’ जता विषयलाई प्रतिपक्षी आवाज बनाउँथे । अहिले उनीहरुको प्रतिपक्षी आवाज एउटै छ त्यो हो ‘संघियता बिहिन राज्य’ अर्थात्, संघियता बिरोधी समाज ।

चित्र बहादुरहरुले प्रतिपक्षी आवाजको रुपमा उठाएको संघियता बिरोधी मुद्दा नै अहिलेको खास प्रतिपक्षी बिचार हो त ? बिडम्वना नै मान्नुपर्छ, चित्रबहादुर केसीले राजनीतिक अस्तित्वको रुपमा पछिल्लो समय लिएको प्रतिगामी अडान, संघियता बिरोधी मुद्दा उनी आफैँलाई पत्तो हुँदा–नहुँदै प्रतिगामी मुद्दामा परिणत भइसकेको छ ।

 

 

कम्युनिज्म, ईँटा बनाउने साँचो :

माक्र्सवाद जस्तो वैज्ञानिक तथा भौतिकवादी विचार हिन्दु धर्मप्रभावित नेपाली समाजमा लागु गरिरहँदा यहाँको विज्ञान बिरोधी समाज र चिन्तनबारे कत्तिको ख्याल छ ? सांस्कृतिक र धार्मिक मान्यताबाट ग्रसित आफ्नै बिचार पद्दत्ति र चिन्तन बस्तुवादी र माक्र्सवादी छैन भन्ने कम्युनिष्ट नेताहरुलाई ख्याल छैन ।

 

हो । यसै गरी कम्युनिष्टहरु चिप्लिँदै गएका छन् । र अन्ततः ‘तानाशाही’ शक्ति वा प्रतिगामीहरुसँग घाँटी जोडिए जस्तो देखिन्छ । किन कमल थापा र चित्र बहादुर केसी उस्तै–उस्तै देखिन्छन् ? यसको समिक्षा नेपाली ‘कम्युनिष्ट’ हरुले बेलैमा नगर्ने हो भने अन्ततः अरु थुप्रै केशरजंग रायमाझी, मोहन चन्द्र अधिकारी, मोदनाथ प्रश्रितहरु जन्मिदै जानेछन् ।

 

नेपाली कम्युनिष्टहरुको राजनीतिक–सांस्कृतिक अभ्यासले देखाउँदैछ, उनीहरु पहिले हिन्दु त्यसपछि नेपाली नागरिक । अनि मात्रै कम्युनिष्ट । यही हो नेपाली कम्युनिष्टहरुको बैचारिक बिडम्वना ।

 

दुर्घट्नावश कम्युनिज्मलाई यसरी भित्र्याइयो की मानौँ, ईँटा बनाउने ‘डाई’ (साँचो) भित्र प्रशोधन नगरिकनै माटो कोचियो ।
ठिक त्यसैगरी नेपाली हिन्दु, ब्राह्मण संस्कारबाट हुर्केका युवाहरु धमाधम टुपी र जनै काटेर कम्युनिष्ट त बने । तर चिन्तन र संस्कृति फाल्न सकेनन् ।

 


Loading...

Your Comment


भिडियो


Related Post

प्रधानमन्त्रीसँग कमल थापा असन्तुष्ट, क्याबिनेट बैठक बहिष्कार

  • 11 months ago
प्रधानमन्त्रीसँग कमल थापा असन्तुष्ट, क्याबिनेट बैठक बहिष्कार

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टी जनाउँदैं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा क्याबिनेट बैठकमा अनुपस्थित भएका छन् । संघीयता कार्यन्वयन गर्न बनेको उच्चस्तरीय समितिमा नपरेपछि थापा

उपप्रधानमन्त्री कमल थापा भारत जाँदै

  • 9 months ago
उपप्रधानमन्त्री कमल थापा भारत जाँदै

काठमाडौँ-उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन् ।

कमल थापा पक्ष तत्काल सरकारमा नजाने

  • 3 months ago
कमल थापा पक्ष तत्काल सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पक्ष तत्काल सरकारमा नजाने भएको छ ।

hamropatro

नेपाल

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

 

नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।