चकलेट खानुको अनौठो फाइदा

चकलेट मन नपर्ने मानिस कमै हुन्छन् तर अधिकांश मानिसमा चकलेट धेरै खाएमा खोकी लाग्छ र दाँत बिग्रन्छ भन्ने धारणा छ ।


तर, अब चकलेट खाएमा खोकी लाग्छ भनेर डराउनुपर्दैन । अझै तपाईलाई चकलेट धेरै मन पर्छ भने त झनै तपाईलाई चकलेट खाने एक राम्रो बहाना मिल्ने भएको छ ।


वैज्ञानिकहरुको दावी अनुसार चकलेट लगातार लागिराखेको खोकीको लागि धेरै राम्रो औषधी हो । द डेली टेलिग्राफको रिपोर्ट अनुसार बेलायतको औषधी बनाउने एक कम्पनी ‘एसईईके’ ले कोकामा यस्तो एक प्राकृतिक तत्व पत्ता लगाएको छ त्यसले खोकी र घाँटिमा हुने खसखसलाई ठिक बनाउन सक्छ ।


हाल बजारमा पाइने खोकी नियन्त्रण गर्ने औषधीहरुमा कोडीन नामक नशाको ड्रगको प्रयोग गरिन्छ । वैज्ञानिकहरु थियोब्रोमिनमा आधारित औषधी बनाउनको लागि लागिपरेका छन् ।


वैज्ञानिकहरुका अनुसार थियोब्रोमिन कोकाबाट बनेको उत्पादनहरुमा धेरै मात्रामा पाइन्छ । यसको बारेमा उनीहरुको भनाई छ कि यसमा लगातार खोकी उत्पन्न गर्ने वैगस स्नायुहरुमा भैरहेको समस्या हटाउने क्षमता रहेको हुन्छ ।


अनुसन्धानमा संलग्न प्रोफेसर एलेन मरिस भन्छन्, ‘हाल बजारमा उपलब्ध हुने नशा आधारित औषधिहरु जस्तो कोडिनको हानीलाई मध्यनजर गर्दै हामीलाई एक नशारहित औषधीको आवश्यकता छ जसले बिरामीहरुलाई छिटो निको बनाओस ।’


उनले भने, ‘सैद्धान्तिक रुपमा यो प्रष्ट भैसक्यो कि एक डार्क चकलेटमा धेरै मात्रामा थियोब्रोमिन पाइन्छ तर अनुसन्धानमा अहिले पनि यसको सहि मात्रा तय गर्न बाँकि नै छ ।’



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।