सिटी एक्सप्रेसले जापानको फुकुओकामा पनि खाेल्याे शाखा

  • आइतबार, १ साउन, २०७४
  • 10 months ago
  • अर्थ

टोकियो , साउन १ । जापानको फुकुओकामा पनि सिटी एक्सप्रेस मनी ट्रन्सफरले आफ्नो सेवा विस्तार गरेको छ । 

 

जापानबाट पैसा पठाउने सहज माध्यमका रुपमा स्थापित सिटी एक्सप्रेसले फुकुओकामा पनि कार्यालय सञ्चालनमा ल्याएपछि त्यहाँका नेपालीहरुलाई सहज हुने भएको छ ।


जुलाई एक तारिखका दिनदेखि फुकुओकामा सिटी एक्सप्रेसले आफ्नो कार्यारम्भ गरेको हो । ग्रुपका अध्यक्ष महेशकुमार श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरे ।
उद्घाटन समारोहमा फुकुओकामा बसोबास गर्दै आएका करिब दुई सय नेपालीहरुको सहभागिता रहेको थियो ।


जापानबाट नेपाल पैसा पठाउने सबैभन्दा भरपर्दो र जापानकै पहिलो नम्वरको सिटी एक्सप्रेस हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा आउने कम्पनीले जनाएकाे छ । कम्पनीले शाखा सञ्चानलको अवसरमा यो महिनाभर निशुल्क रकम पठाउन पाउने ब्यवस्था समेत मिलाएको छ ।


यस्तै एउटै छानाबाट सेवा दिने उद्देश्यले उक्त भवनमै सिटी ट्राभल्स एण्ड टुर्सले पनि कार्यारम्भ गरेको छ । नेपाल जाने हवाई टिकट लिनका लागि अब नेपालीहरुले झण्झट ब्यहोर्नु नपर्ने जनाइएकाे छ । यो सेवारम्भबाट फुकुओकामा रहेका नेपालीहरुलाई रकम पठाउनेर हवाईटिकट लिने समस्या समाधान हुने कम्पनीले विश्वास लिएको छ ।



Your Comment

थप समाचार

हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

  • 2 hours ago
हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

देखासिकी के का लागि ?

  • 7 hours ago
देखासिकी के का लागि ?

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

  • 7 hours ago
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

तातोहावाका कारण ६५ जनाको मृत्यु

तातोहावाका कारण ६५  जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । 

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

एजेन्सी–बु्रस लिलाई नचिन्ने कमै होलान् । कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रस लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।