स्वास्थ्य विगार्ने यी पहिरन

काठमाडौं । स्टाइलिस र फेसनेवल देखिन कसलाई पो मन नहोला र । तर फेसनको नाममा आवश्यक ध्यान नपुर्याउँदा तपाईंको स्वास्थ्यमा निकै नकरात्मक असर पर्नसक्छ ।

 

टाइट जिन्स, हाई हिल, कसिलो टाई लगायतका पहिरनले तपाईंलाई केही बेरलाई आकर्षक देखाएपनि दीर्घकालमा भने नकरात्मक स्वास्थ्य असर पार्नसक्छ ।

 

चार्टर्ड सोसाइटी अफ फिजियोथेरापि र अन्य विशेषज्ञले यससम्बन्धमा गरेको अध्ययनले स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने पुष्टि गरेका हुन् ।

 

१.ठूलो या सानो हिल भएका जुत्ताः

 

धेरै अग्लो या होंचो हिल भएको जुत्ता लगाउनु स्वास्थ्इका लागि हानिकारक मानिन्छ । हाई हिलले शरिलाई चलायमान बनाउन दिंदैन र सोही कारण ढाड, खुट्टा तथा हाडजोर्नीको समस्या हुन जान्छ ।

 

त्यस्तै हिल नभएको या पातलो सोल भएको जुत्ता लगाउँदा पनि खुट्टाको पछाडिको भागले सपोर्ट पाउदैन । जसले खुट्टा तथा गर्धन दुख्ने समस्या देखिनसक्छ । त्यसैले जुत्ता लगाउँदा मध्यम उचाई भएको हिलवाला जुत्ता लगाउनु उपयुक्त हुन्छ ।

 

२.टाइट जिन्सः

 

टाईट जिन्स लगाउँदा शरिर आकर्शक देखिएपनि यसले शरिरको नशा तथा रक्तसञ्चारमा दबाव सिर्जना गर्छ । यसले महिलाको तिघ्रा र पेल्भिकमा असर गर्नुका साथै काममा पनि असहजता पैदा गर्ने हुँदा यस्तो प्रकृतिको कपडा नलगाउँदै उचित हुन्छ ।

 

३.भारी ज्याकेट

 

टाइट जिन्स जस्तै भारी ज्याकेट कपनि स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । टोपिसहितको गह्रौं ज्याकेट लगाउँदा टाउको तथा गर्दनमा भार पर्ने हुँदा नशा तथा मांशपेसीमा नकरात्मक असर पर्ने हुन्छ ।

 

४.भारी ह्याण्डव्याग

 

धेरै सामान कोचेर ह्याण्डव्याग बोक्नु पनि स्वास्थ्यका लागि बेफाइदाजनक हुनसक्छ ।

गह्रौ व्याग बोेक्दा पिठ्यु तथा काधमा दुखाई देखापर्नसक्छ । भारी व्याग बोक्दा शरिरको एक भागमा बढी भार पर्ने हुँदा गर्धन दुख्ने समस्या कदेखा पर्दछ ।

 



    Your Comment

    थप समाचार

    भुकम्पपीडितको घर बनाउन नेपाल जाँदै ३० अष्ट्रेलियन, के–के गर्छन् ७ दिन

    • 2 minutes ago
    भुकम्पपीडितको घर बनाउन नेपाल जाँदै ३० अष्ट्रेलियन, के–के गर्छन् ७ दिन

    सिड्नी । २ हजार ७१ सालको भूकम्पपीडतको घर बनाउन तीस अष्ट्रेलियन नेपाल जाने भएका छन् ।

    ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

    • 5 minutes ago
    ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

    काठमाडौं, फागुन ६ । सरकारीनिवास बालुवाटार सर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपहरान्ह चार बजे बालुवाटार सर्ने योजना बनाएका ओलीले त

    युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु !

    • 5 minutes ago
    युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु !

    एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

    “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

    यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताए ।

    जीवनशैली

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।