कण्डमबारे यस्ता रोचक कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी ।  तपाईलाई मन पर्छ वा पर्दैन तर कण्डम एक आवश्यकताहो । यो एक त्यस्तो चिजहो जसलाई तपाईले प्रत्येक चोटी यौनसम्पर्क गर्दा लगाउनुपर्ने हुन्छ ।


कण्डमले तपाईलाई विभिन्न यौनजन्य रोगहरु र नचाहिएको गर्भ रहनबाट बचाँउछ । तर, के तपाईलाई थाहा छ कण्डमको बारेमा यस्ता धेरै रोचक तथ्यहरु रहेका छन् ।


थाहा पाइराख्नुहोस कण्डमको बारेमायी ८ रोचकतथ्यहरु


१. इसापूर्व ११ हजार अगाडी नै कण्डमको प्रयोग गरिन्थ्यो


वैज्ञानिकहरुका अनुसार प्राचिन युगका मानिसहरुलाई पनि कण्डमको बारेमा थाहा थियो । फ्रान्सको गुफाहरुमा भेटिएका प्राचिन पेन्टिङहरुको अध्ययनबाट वैज्ञानिकहरुले यस्तो प्रमाण फेलापारे कि हाम्रा प्राचिन पुर्खाहरुलाई पनि कण्डमको महत्वको वारेमा थाहा थियो । त्यसैले तपाई पनि सधैं कण्डम प्रयोग गर्नुहोस ।


२. कण्डमले यौनसम्पर्क १० हजार गुणा सुरक्षित बनाँउछ


यदितपाई एचआईभी लगाएतकाअन्य यौनजन्य रोगहरुको शिकार हुन चाहनुहुन्न भने कहिल्लै पनि लापरबाही नगर्नुहोस । कण्डमको प्रयोगले तपाईलाई व्यवहारिक रुपमै कुनै रोगबाट टाढा राख्छ । यस्तो धेरै नै उच्चतहको सुरक्षालाई ध्याननदिनु साच्चैं नै मुर्खता हुनेछ ।


३. संसारकै सबैभन्दा ठूलो कण्डम बनाउने रेकर्ड चीनले राखेको छ


सन् २००३ को विश्व जनसङ्ख्या दिवस मनाउने क्रममा चीनले ८० मिटर गोलाइको र १०० मिटर लामो कण्डम बनाएर चीनको गुइलिन स्थित एक होटलको टपमा राखेको थियो ।


४. एक औसत कण्डममा एक ग्यालेन तरल पदार्थ अट्छ


यदि तपाईले एक सानो प्रयोग गर्न चाहनुहुन्छ भने एक पुरै तन्किएको कण्डममा पानी राख्नुहोस त्यसपछि तपाईले महसुस गर्नुहुनेछ कि यसले ठूलो जग वा क्यान्टिनले भन्दा राम्रो काम गर्नेछ र यो चुहिँदैन पनि ।


५. ल्याटेक्स कण्डम पत्तालाग्नु भन्दापहिले अरु नै सामग्रीहरु प्रयोगमा आँउथे


यदि तपाई ल्याटेक्स कण्डमको बाक्लोपनालाई लिएर गुनासो गर्नुहुन्छ भने यो कुरा सोच्नुहोस कि प्राचिन इजिप्सियनहरुले कण्डमको रुपमा जनावरहरुको थैली प्रयोग गर्ने गर्थे । यसैगरि माछाको छाला, लिनेन, छाला र रेशमको प्रयोग गरि बनाइएका कण्डमहरु पनि प्रयोगमा आएका थिए ।


६. कण्डम सैनिकहरुको मापदण्डको विषय होे


यो कुरा १९ औं शताब्दीका जर्मन सैनिकहरुको हकमा साँचो हो र सन् १९२७ देखि १९३१ सम्म हरेक अमेरिकन सैनिकहरुलाई पनि कण्डम वितरण गरिन्थ्यो । यसै तथ्यको कारणले तपाई अहिले पनि यो सोच्न सक्नुहुन्छ कि सैनिकको लागि बन्दुक जस्तै कण्डम पनि अत्यावश्यक रहेको छ ।


७. कण्डम सबैभन्दा सस्तो गर्भ निरोधक विधि हो


महिला र पुरुषको लागि अब गर्भ नियन्त्रण र गर्भ निरोधकको लागि धेरै चिन्ता लिनुपर्दैन् । एक कण्डमको मुल्य करिब १० रुपैंया जति पर्छ र सरकारी स्वास्थ केन्द्रहरुमा यो सित्तैमा पनि पाइन्छ । तपाई यसबारेमा सोच्नुहोस र यसलाई आफ्नो जीवनभरको जिम्मेवारी सँग पनि तुलना गर्नुहोस ।


८. कण्डमले यौन आनन्द कम गर्दैन्


कण्डम लगाएर यौनसम्पर्क गर्दा यौन सुख कमहुन्छ र तपाईले आफ्नो यौनसाथीलाई सन्तुष्टी प्रदान गर्न सक्दिन अथवा कण्डमको कारणले तपाईको यौन क्षमतामा नकरात्मक असर गर्छ भन्ने सोच्नुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । वास्तवमा यसले यौन सन्तुष्टीमा कमी ल्याँउदैन । यसैगरि विभिन्न खालका कण्डम पाइने भएकोले आजकाल त्यस्तो समस्या छैन् । तपाईलाई फिट हुने विभिन्न साइजका र राम्रो अनुभव दिनको लागि बनाएका विभिन्न ब्रान्डका कण्डम बजारमा उपलब्ध छन् । 

 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।