के छ त काँग्रेसकाे भक्तपुर घाेषणापत्रमा ?

नि:शुल्क शिक्षा देखि मेलम्चीकाे खानेपानी घर-घरमा पुर्‍याउने अाश्वासन

भक्तपुर, मंसिर ५ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले तयार पारेको भक्तपुर घोषणापत्र सार्वजनिक गरेको छ । 

 

लोकतान्त्रिक गठबन्धनको युवा परिचालन समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेस भक्तपुर सभापति दुर्लभ थापाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । 

 

घोषणापत्रमा भक्तपुर जिल्लाको समग्र विकासका लागि सडक विस्तार गर्ने, गाउँगाउँमा पक्की सडक निर्माण गर्ने, यातायातको पहुँच सबै क्षेत्रमा पुर्‍याउने, भक्तपुरलाई स्वास्थ्यको गन्तव्यको रुपमा विकास गर्ने, निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, मेलम्ची खानेपानीलाई भक्तपुरका सबै ठाउँमा पुर्‍याउने कुरा समावेश गरिएको छ । 

 

त्यसैगरी कृषिको प्रवर्द्धन गर्ने, खेतखेतमा सिँचाइको पहुँच पुर्‍याउने, बन्द भएका उद्योग सञ्चालनमा ल्याउने, नयाँ उद्योगको विकास गरी रोजगारीको प्रवर्द्धन गर्ने, इँटा, बालुवा खानीको व्यवस्थापन गर्ने, कला, संस्कृतिको जगेर्ना गर्ने, विश्वसम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण गर्ने, होमस्टे पर्यटनको विकास गर्ने, भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको व्यवस्था गर्ने, भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । 

 

कार्यक्रममा अध्यक्ष थापाले घोषणापत्रमा उल्लेख भएका काम गर्न काँग्रेस सक्षम रहेको चर्चा गर्दै भ्रमको खेती गर्ने वामपन्थी गठबन्धनको उम्मेदवारलाई काँग्रेसले चुनावबाट परास्त गर्ने बताए । 

 

सो अवसरमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, युवा परिचालन समितिका संयोजक अष्टकुमार कवेँ, घोषणापत्र निर्माणका संयोजक किरण न्यौपाने, भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा तर्फका उम्मेदवार बाबुराजा जोशी, प्रदेश ‘क’ का उम्मेदवार जीवन खत्री, ‘ख’ का उम्मेदवार अनिल भुजु, डा. कोमल फुँयाल लगायतले भक्तपुरमा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।