वृद्धवृद्धाको आशीर्वाद लिई काँग्रेस चुनावी घरदैलोमा

चितवन, कात्तिक २८, । नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारले आज पवित्र तीर्थस्थल देवघाट धामबाट घरदैलो अभियान शुरु गरेका छन् ।

 
शिक्षा राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार जीतनारायण श्रेष्ठले देवघाटस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा गरी घरदैलो अभियान शुरु गरेका हुन् ।

 

भरतपुर महानगरपालिका–१ स्थित देवघाटमा रहेका वृद्धवृद्धाको आशीर्वाद लिँदै घरदैलो अभियान शुरु गरिएको शिक्षा राज्यमन्त्री अधिकारीले बताए ।


सो क्षेत्रमा घरदैलोमा जाँदा स्थानीय बासिन्दाले बाँदरको आतंक नियन्त्रण गर्न उम्मेदवारसँग आग्रह गरेका छन् ।


घरदैलो कार्यक्रमपछि मन्त्री अधिकारीले देवघाटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने बताए ।

 

“देवघाटको वेनी संगमलाई धार्मिक रुपले महत्वका साथ हेरिने गरेकाले यसलाई धाार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ”, उनले भने ।

 

सो अवरमा प्रदेशसभा सदस्यका उम्मेदवार तथा काँग्रेस चितवनका सभापति श्रेष्ठले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिसँग समन्वय गर्दै अघि बढ्ने बताए ।

 

भरतपुरको वडा नं १ देवघाट, पोखरा बसपार्क र रामनगरमा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।