प्रतिपक्षको विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश

  • आइतबार, २४ पुष, २०७३
  • 1 month ago
  • नेपाल

काठमाडौं, पुस २४ । प्रतिपक्ष दलहरुले जारी राखेको विरोधका बीच संविधान संशोधन प्रस्ताव संसदमा टेबुल भएको छ ।


आइतबार दिउँसो दोस्रो पटक बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षीको विरोध हुँदा हुँदै संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको हो । बैठक सुरु हुनासाथ निर्वाचन सम्बन्धी दुई विधेयक पेश भएको थियो ।


त्यसपछि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रमुख लोकमान सिंह कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय संसदले गरेको थियो ।


त्यसपछि, बैठक संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्यो तर, एमाले सहितका विपक्षी दलहरु भने उठेर प्रस्तावको विरोध गरे । विरोधकै बीच सभामुखले संसद बैठक अगाडी बढाइन । विपक्षी दलका सांसदहरुले भने नाराबाजी गरे ।


विपक्षी दलका नेताहरुले नाराबाजी गरिरहँदा सभामुखले संशोधन विरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत गरिन । त्यसपछि कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक संसदमा पेश गरेका छन् ।


संशोधन प्रस्ताव पेश हुनसाथ सभामुखले संसदको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेकी छन ।


त्यसअघि संसदको अवरोध खुलाउने बारे बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सहमति बिना नै टुंगिएको थियो । बैठकमा सत्तारुढ दलहरुले विधेयक टेबुल गर्न दिन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेका थिए । तर, एमालेले सीमांकन हेरफेरको प्रस्ताव असंवैधानिक भएको दाबी गर्दै सदन नखुलाउने अडान दोहोर्याएको थियो ।


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    प्रतिपक्षको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल हुँदै

    • 1 month ago
    प्रतिपक्षको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल हुँदै

    काठमाडौं, पुस २४ । प्रतिपक्ष दलहरुले जारी राखेको विरोधका बीच संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने प्रक्रिया सुरु भएको छ ।

    आश्रित विधेयक आजै पारित गर्ने तयारी

    • 4 months ago
    आश्रित विधेयक आजै पारित गर्ने तयारी

    काठमाडौं । सरकारले संसदमा पेश गरेका बजेटसँग सम्बन्धित तीन वटा विधेयक माथि दफाबार छलफल हुने भएको छ । संससमा हुबहु पेश भएको विधेयकमाथि दफावार छलफल गरेर शुक्रबार नै पारित

    संविधान संशोधन प्रस्ताव बुधबार संसदमा पेश हुने

    • 2 months ago
    संविधान संशोधन प्रस्ताव बुधबार संसदमा पेश हुने

    काठमाडौं । सरकारले भोली संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा पेश गर्ने भएको छ ।  

    hamropatro

    नेपाल

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    काठमाडौं, फागुन १४ । आन्दोलनरत संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको २४ घण्टा नबित्दै मधेसी मोर्चाले पनि सरकारलाई दिएको समर्थन फर्ता लिने बताएको छ ।

     

    शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।’ यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे ।

    जीवनशैली

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    खानपानको गलत बानीको कारणले पेटमा ग्याँस जम्मा हुनु वा पानि जम्मा भएर पेट फुल्ने गर्छ । आजकाल धेरै मानिसहरुमा बारम्बार पेट फुल्ने समस्या देखिन्छ । यो सामान्य जस्तो लाग्ने समस्याको कारणले धेरै मानिसहरु हैरान भएका हुन्छन ।