Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसी ओलम्पिक समिति निलम्बन

रुसी ओलम्पिक समिति निलम्बन


एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी)लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यद्यपि पेरिस–२०२४ मा रुसी खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिने वा नदिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।

“युक्रेनको राष्ट्रिय ओलम्पिक सङ्गठन (एनओसी)को अधिकारमा रहेका क्षेत्रीय खेल सङ्गठनहरू (डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिज्जिया) लाई सदस्यका रूपमा सन् २०२३ अक्टोबर ५ मा रुसी ओलम्पिक समिति (आरओसी)ले समावेश गर्न लिएको एक पक्षीय निर्णय ओलम्पिक चार्टरको उल्लङ्घन हो किनकी ओलम्मिक चार्टरअनुसार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)द्वारा मान्यताप्राप्त युक्रेनको एनओसीको क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको छ”, आईओसीले एक विज्ञप्तिमा भनेको छ ।

आईओसीको उक्त निर्णयसँगै ओलम्पिक चार्टरले परिभाषित गरेअनुसार अब आरओसीलाई राष्ट्रिय ओलम्पिक समितिका रूपमा सञ्चालन गर्ने अधिकार हुने छैन । विज्ञप्तिमा अब आरओसीले ओलम्पिक अभियानबाट कुनै रकमसमेत प्राप्त गर्न सक्ने छैन ।

विज्ञप्तिमा आईओसीले भनेको छ, “पेरिस–२०२४ ओलम्पिक प्रतियोगिता र मिलानो कोर्टिना–२०२६ शीतकालीन ओलम्पिक प्रतियोगितामा रुसी राहदानीधारी व्यक्तिगत तटस्थ खेलाडीहरूको सहभागिताबारे उचित समयमा निर्णय गर्ने अधिकार समितिले सुरक्षित गर्दछ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT