Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिधार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा माओवादी केन्द्रको जोड

धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा माओवादी केन्द्रको जोड


काठमाडौँ। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट यस्तो निष्कर्ष निकालेको हो।

धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइएको छ। देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखिएका बारे बैठकमा छलफल गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

देशमा अराजकताको संकेत देखिएको भन्दै उनले त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए। उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको जानकारी गराए।

आन्दोलनरत राहत शिक्षकसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल गरिएको उनले बताए। संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले सुनाए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम…

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश

स्वदेश फर्किए कतारी राजा

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् । मंगलबार

कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै अमिर थानीले…

काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको

सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

Techie IT