Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलविलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्ने

विलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्ने


एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सन पूर्णरुपमा फिट नभएकाले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेल खेल्ने छैनन् । साविक उपविजेता न्युजिल्यान्डले आफ्नो पहिलो खेल अक्टोबर ५ मा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ ।

न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडका अनुसार चोटबाट निको हुँदै गरेका विलियम्सनले इंग्ल्याण्डविरुद्ध खेल्ने छैनन् ।

आईपीएल २०२३ (३१ मार्च २०२३) को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध बाउन्ड्री लाइनमा क्याच लिन खोज्दा विलियमसन घाइते भएका थिए । उनको दाहिने घुँडामा चोट लागेको थियो ।

यसपछि उनी पूरै सिजन यस लिगबाट बाहिर भए । विलियमसन न्युजिल्यान्ड फर्किए र अप्रिलमा शल्यक्रिया गरेका थिए । उनी आईपीएलको यो सिजनमा गुजरात टाइटन्सको टिममा थिए ।

विश्वकप खेल्ने न्युजिल्यान्डको टोलीः
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम (उप–कप्तान, विकेटकीपर), डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी र विल यंग ।

एकदिवसीय विश्व अक्टोबर–नोभेम्बरमा ४६ दिनसम्म भारतमा हुनेछ, जसमा ४८ खेल हुनेछन् । पहिलो खेल अक्टोबर ५ मा अहमदाबादमा गत विश्वकपको विजेता र उपविजेता इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । नोभेम्बर १२ सम्म लिग चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT