Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः भारतका प्रमुख दुई ब्याट्सम्यान रोहित–विराट

एकदिवसीय विश्वकपः भारतका प्रमुख दुई ब्याट्सम्यान रोहित–विराट


एजेन्सी । भारतीय क्रिकेट टोली अक्टोबर ५ देखि हुने एकदिवसीय विश्वकपका लागि तयार छ । छनोट समितिले प्रतियोगिताको एक महिनाअघि सेप्टेम्बर ५ मा १५ सदस्यीय टोली घोषणा गरेको थियो जसमा ७ ब्याट्सम्यान, ४ अलराउण्डर र ४ बलर छन् ।

यो परिवर्तनको सम्भावना कम देखिन्छ । भारतीय ब्रिगेडलाई हेर्दा यसमा अनुभव र युवाको राम्रो मिश्रण छ । भारतीय टोलीमा कप्तान रोहित शर्मा र विराट कोहलीसँग २५० भन्दा बढी एकदिवसीय खेलेको अनुभव छ । दुवैले आफ्नो नाममा १० हजारभन्दा बढी रन बनाएका छन् ।

१३ औं एकदिवसीय विश्वकपसम्म आईपुग्दासम्म जम्मा दुई जना ब्याट्सम्यान छन् जसले १० हजार रन पूरा गरेका छन् । साथै भारतीय ब्याट्सम्यानहरू शतक प्रहारमा अन्य सबै टोलीभन्दा अगाडि छन् ।

सन् २०१० पछिको रेकर्ड हेर्दा भारतीय ब्याट्सम्यानले सर्वाधिक १४२ शतक बनाएका छन् । दक्षिण अफ्रिका १११ शतकसहित दोस्रो स्थानमा छ । भारतका शुभमन गिल, इशान किशन र केएल राहुलले दोहोरो शतक बनाएका छन् ।

योसँगै बलिङमा हालको टोलीमा समावेश भारतका चार बलरले १०० भन्दा बढी विकेट लिएका छन् । विश्वकपमा सहभागी टोलीमध्ये अष्ट्रेलिया मात्र एक यस्तो टोली हो जसका चार बलरसँग यति धेरै अनुभव छ । पाकिस्तानसँग भने त्यस्तो अनुभवी बलर छैन ।

रोहित शर्माः
– एकदिवसीय क्रिकेटमा ३ दोहोरो शतक बनाउने विश्वका एकमात्र ब्याट्सम्यान हुन्

– २००६ मा, उनले देवधर ट्रफी मार्फत घरेलु क्रिकेटमा प्रवेश गरे । उनको यो तेस्रो विश्वकप हो ।

– २५० एकदिवसीय खेलमा ४८.६९ को औसतमा १००३१ रन । ३० शतक, ५१ अर्धशतक ।

– उच्चतम स्कोर २६४ रन, जुन एक कीर्तिमान हो । एकदिवसीयमा ३ दोहोरो शतक बनाउने एकमात्र ब्याट्सम्यान । अर्को कीर्तिमान (२८६ छक्का) ।

विराट कोहलीः
– यसपटक विश्वकप खेल्ने सबै खेलाडीमध्ये सर्वाधिक रन विराटले बनाएका छन् ।

– सन् २००६ मा रणजी डेब्यू गरेका कोहली हालको विश्वकपमा सबैभन्दा अनुभवी भारतीय खेलाडी हुन् । यो उनको चौथो विश्वकप हुनेछ ।

– २८९ एकदिवसीय खेलमा १३०२७ रन, जसमा ४७ शतक, ६५ अर्धशतक सहित ।

– सबैभन्दा बढी स्कोर १८३ । यो पटक विश्वकप खेल्ने खेलाडीमा सबैभन्दा धेरै रन, शतक र अर्धशतकको कीर्तिमान उनीसँग छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…

काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा

Techie IT