दाङको पश्चिम क्षेत्रमा केसी कि गिरी ?

दाङ, कात्तिक २९ । दाङका तीन वटा क्षेत्रमध्ये ३ नम्बरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसीले प्रतिस्पर्धा गर्दै छन् । सबैभन्दा धेरै मतदाता रहेको क्षेत्रका रुपमा रहेको यसक्षेत्रमा गिरीले प्रतिष्ठाको रुपमा लिएका छन् भने केसीले पहिलो पटक जनताका बीचमा परीक्षा दिने दिँदैछन् ।

 


नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले तेस्रो पटक प्रतिष्पर्धा गरीरहेका छन् । यसअघि गिरीले २०६४ मा नेकपा माओवादीकी नेतृ सुष्मा शर्मासंग पराजित भएका थिए । त्यसैगरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका युवा नेता उत्तरकुमार वलीलाई हराउँदै विजयी भएका थिए ।

 

गिरीले १५ हजार बढी ल्याएर विजयी भएका थिए भने वलीले १० हजार बढी ल्याएर पराजय ब्यहोरेका थिए । अहिले वलीले प्रदेशसभाका लागि उमेदवार बनेका छन् । वलीसंग अहिले २०७० सालमा नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेललाई हराएका काँग्रेसका बुद्धिराम भण्डारीसंग प्रतिष्पर्धा गर्दैछन् ।

 

२०७० सालमा सभासद् भएपछि गिरी सिचाई मन्त्री भएका थिए । क्षेत्र नम्बर ३ मा बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ बाहेक सबै वडाहरु समेटिएका छन् । यसक्षेत्रमा एक लाख १८ हजार नौँ सय ८७ मतदाता रहेका छन् ।

 

स्थानीय तहको चुनावमा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र बबई गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ भने शान्तिनगर गाउँपालिमा नेपाली काँग्रेस विजयी भएको थियो । यही मतले पनि गिरीको चुनावी यात्रा कठिन देखिन्छ । स्थानीय निर्वाचनमा एमाले एक्लैले नेपाली काँग्रेसलाई हम्मेहम्मे बनाएको थियो भने अहिले नेकपा माओवादी केन्द्रको मत पनि थपिएपछि साझा उमेदवार केसीको यात्रालाई सहज बनाएको छ ।

 

स्थानीय तहको मतलाई हेर्ने हो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ४० हजार नौँ सय २१ मत ल्याएका थिए भने नेपाली काँग्रेस एक्लैले २६ हजार आठ सय ४६ मत ल्याएको पाइएको छ । काँग्रेस र बाम गठबन्धनबीचको मतान्तर १४ हजार ७५ देखिएको छ ।

 

यस्तो अवस्थामा क्षेत्र नम्बर ३ का मतदाताले कसलाई रोज्छन् भन्ने विषयले चिया पसलदेखि चोकचोकमा चर्चा पाएको छ । स्थानीय तहको मतलाई बाम गठबन्धनले सुरक्षित राख्न सक्यो भने सहज जित देखिन्छ भने नेपाली काँग्रेसभित्र स्थानीय तहको समयमा देखिएको मतभेद अन्त्य भएमा केही मत बढाउन सक्ने देखिन्छ । तर, पनि गिरी केसीले मत माग्दै गाउँघरमा पुगेका छन् । गिरीले जित्ने की केसीले जित्ने यसको छिनोफानो यसक्षेत्रका मतदाताले मंसिर २१ गते गर्ने छन् ।



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 7 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।