दाङ उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढ्यो, अध्यक्षमा तीन जनाको उम्मेदवारी

घोराही, साउन २६ । दाङ उद्योग वाणिज्य संघको निर्वाचनका लागि बुधबार तीन जना ब्यबसायीले उम्मेदवारी दर्ता गराएका छन् । संघको तीनवर्षे कार्यकालका लागि तीन जना व्यवसायीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

संघका पूर्वअध्यक्षहरुको समर्थनमा धु्रवकुमार श्रेष्ठ, बामपन्थी ब्यवसायीहरुको तर्फबाट नारायण भुषाल र कांग्रेस निकट ब्यवसायीहरुको तर्फबाट मञ्जु बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ध्रुबकुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षका लागि पूर्व अध्यक्षहरुले अगाडि सारेका हुन् ।

 

पूर्वअध्यक्षहरुले श्रेष्ठको नेतृत्वमा सहमतिको प्यानल तयार पारे पनि त्यसलाई कांग्रेसनिकट ब्यवसायीहरुले नमानेपछि तीन जनाको उम्मेदवारी दर्ता भएको हो । अन्य पदमा संयुक्त प्यानलबाट बाणिज्य उपाध्यक्ष एकराज खनाल र उद्योग उपाध्यक्षमा नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरिप्रसाद खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी दर्ता भएको छ ।

 

त्यसैगरी प्रजातान्त्रिक प्यानलबाट बाणिज्य उपाध्यक्षमा टंक बुढाथोकी र उद्योग उपाध्यक्षमा बसन्त जोशी, महासचिवमा नरेश कार्की, सचिवमा मायाकुमारी पोख्रेल र कोषाध्यक्षमा शरद खनालको उम्मेदवारी परेको छ । यस्तै कोषाध्यक्षमा सुशील पोखरेलले पनि संघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । पोखरेलले यसअघिको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट सदस्य पदमा विजयी भएका थिए ।

 

यस्तै संघको सदस्यका लागि उद्योग सदस्यमा मित्रदेव अधिकारी, टंकप्रसाद पोखरेल, महिला सदस्यमा हेमन्ती पुन मगर, विन्दु दाहाल, खुल्ला सदस्यमा भिमसेन गिरी, महेन्द्र बुढाथोकी, नारायण लामिछाने, राकेशकुमार पाण्डे, विष्णु सुबेदी, पिताम्बर पौडेल, रामप्रसाद पोखरेल, छविनाराण गिरी, धनपति शर्मा, मीनराज भाट, राजकुमार गुप्ता, रामप्रसाद पोखरेल, रमेशकुमार पाण्डेय, टंकसिंह बुढाथोकी, विष्णुप्रसाद सुबेदी, पिताम्बर शर्मा, भुवन पोखरेल, तेजबहादुर पौडेलको उम्मेदवारी परेको छ ।

 

संयुक्त प्यानललाई नेकपा एमाले, माओवादी केन्द्र, बैद्य माओवादी, विप्लव नेतृत्वको नेकपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । सयुक्त प्यानलबाट नेकपा माओवादी केन्द्रका नारायण भुषालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

दाङ जिल्ला उद्योग बाणिज्य संघमा दुई हजार ९२ मतदाता रहेका छन् । मनोनयन दर्ता गराएकाले २९ गते फिर्ता लिन पाउने निर्वाचन तालिका सार्वजनिक गरिएको छ भने ३१ गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि